आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

लुलु हाइपरमार्केट कुवेतमा नेपाली ताजा तरकारीको बिक्रि सुरु

लुलु हाइपरमार्केट कुवेतमा नेपाली ताजा तरकारीको बिक्रि सुरु

  • Naveen Sanchar

  • मङ्लबार, असार ३१, २०८२

  • 343
    Views
लुलु हाइपरमार्केट कुवेतमा नेपाली ताजा तरकारीको बिक्रि सुरु

कुवेत सिटी

लुलु हाइपरमार्केट कुवेतले आजदेखि नेपाली ताजा तरकारीहरूलाई औपचारिक रूपमा बजारमा ल्याउँदै विक्री सुरु गरेको छ। नेपाली तरकारीहरूको प्रवर्द्धन र वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो पहललाई नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री घनश्याम लम्सालज्यूले एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको हो।

समारोहमा महामहिम राजदूतसँगै नेपाली राजदूतावासका अन्य पदाधिकारीहरू, लुलु ग्रुपको उच्च व्यवस्थापन टोली तथा विभिन्न क्षेत्रका सम्माननीय अतिथिहरूको उपस्थिति रहेको थियो।

लुलु हाइपरमार्केटमार्फत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नु, कृषकहरूलाई प्रोत्साहन दिने तथा प्रवासी नेपालीलाई आफ्नै देशको स्वाद र पहिचान उपलब्ध गराउने उद्देश्य रहेको उद्घाटन कार्यक्रममा उल्लेख गरिएको थियो।

यस ऐतिहासिक कदमले नेपाली उत्पादनलाई खाडी मुलुकहरूमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।

✍️ नबिन सन्चार डट कम

🌐 प्रवासीको आवाज, प्रवासबाटै


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha