शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

दम्माममा दुई दिने राहदानी शिविर सम्पन्न

दम्माममा दुई दिने राहदानी शिविर सम्पन्न

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ २, २०८१

  • 265
    Views
दम्माममा दुई दिने राहदानी शिविर सम्पन्न
 साउदीअरब – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहकार्य र नेपाली राजदुतावास रियादको आयोजनामा दम्माम स्थित दुई दिने राहदानी अस्थायी शिबिर सम्पन्न भएको छ ।
साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र पूर्वीय प्रान्तको दमाममा यही मेई १० र ११, शुक्रबार र शनिवार गरि दुई दिने अस्थायी शिविर बाट ९ सय ४२ जनाको राहदानी अनलाईन फारम संकलन गरिएको छ भने सोही शिविर बाट नवीकृत राहदानीहरू मध्ये ९ सय ९७ जनाको राहदानी वितरण गरिएको छ।
विद्युतीय राहदानी फारम संकलनका लागी नेपाली राजदुतावास रियादका लागी श्रम काउन्सुलर श्री देवेन्द्र कार्की ज्युको नेतृत्वमा द्वितीय सचीव श्री टीकाराम उपाध्याय ज्यु, श्री राम पुनित यादब ज्यु, श्री कमल कुवर ज्यु, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका साउदीअरबका लागी पर्यटन दूत एवम् एनआरएनए अभियान्त श्री राजेन्द्र अर्याल ज्यु, नियोगका कर्मठ कर्मचारीहरू श्री सरोज अधिकारी ज्यु, श्री डेबिट महर्जन ज्यु, श्री अदबुल राई ज्यु, श्री अजय दङ्गाल ज्यु, श्री ध्रुब तिमिल्सिना ज्यु, श्री रोशन मण्डल ज्यु, पूर्वी प्रान्त दम्माममा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री नारायण पासवान ज्युको उपस्थिति रहेको थियो।
उक्त शिबिर सन्चालन गर्न फारम संकलन केन्द्रको हल र स्वयं सेवकहरूको ब्यबस्थापकिय भुमिका गैरआबासिय नेपाली संघ साउदी अरबले गरेको थियो । संघका अध्यक्ष श्रीमती रबिना अर्यालको नेतृत्वमा स्वयंसेवकको भूमिकामा संघका प्रमुख सल्लाहकार एवं पूर्व अध्यक्ष श्री तेज बहादुर थापा ज्यु, महासचिव श्री शुक्र मोक्तान ज्यु, सदस्य श्री पदम महत ज्यु, श्री भिम कार्की ज्यु, श्री दिपक ढुंगाना ज्यु, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रमुख संरक्षक श्री ओम घले ज्यु,पूर्वि क्षेत्रिय समन्वय समितिका अध्यक्ष श्री बिष्णु भण्डारी ज्यु र उहाँको नेतृत्वमा रहेका श्री अनमोल ठकुरी ज्यु, श्री घनेन्द्र(प्रेम) लिम्बु ज्यु लगायत क्षेत्रिय एवम् स्थानीय तहका पदाधिकारी ज्युहरू, श्री राम बहादुर क्षेत्रि ज्युको नेतृत्वमा रहेका ग्लोबल आईएमई बैंक लिमिटेडका पदाधिकारी ज्युहरू, नेपाली जन प्रगतिशील मंच साउदी अरबका अध्यक्ष श्री रामचन्द्र वाग्ले ज्युको नेतृत्वमा रहेका श्री भक्त कार्की ज्यु लगायतका पदाधिकारी ज्युहरू, नेपाली जनसम्पर्क समिति साउदी अरबका महामन्त्री श्री सुरेस राज त्रिपाठी ज्यु, प्रवासी नेपाली मन्च मध्यपूर्व कमिटि सदस्य श्री यम बम्जन लामा ज्यु, प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष श्री कुवेर हुमागाईँ ज्युको नेतृत्वमा रहेका श्री रमेश भट्टराई ज्यु लगायतका पदाधिकारी ज्युहरू, संघीय लोकतान्त्रिक रास्ट्रीय मंचका केन्द्रीय सदस्य श्री श्रीप्रसाद यावा लिम्बु ज्यु, हेल्प मधेसी साउदी अरबका अध्यक्ष श्री श्याम कुमार महतो ज्यु, किरात राई यायोख्खा प्रवास शाखा साउदी अरबका अध्यक्ष श्री चित्र कुमार चाम्लिङ्ग राई ज्यु, प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबका प्रवक्ता श्री हरि थापा ज्यु, जनजाति महासंघ साउदी अरबका अध्यक्ष श्री खेम गुरुङ ज्युको नेतृत्वमा रहेका वरिष्ठ उपाध्यक्ष श्री रोशन कुमार श्रेष्ठ ज्यु लगायतका पदाधिकारी ज्युहरू, नेपाली साझा मञ्च साउदी अरबका महासचिव राजु केसी ज्यु, श्री डीबी मगर ज्यु, एनआरएनए कर्मी श्री ओम कुमाल ज्यु, श्री सन्तोष गौतम ज्यु, श्री येम बहादुर पुन मगर ज्यु, श्री सुरज तिवारी ज्यु, श्री शंकर न्यौपाने ज्यु,श्री बाबुराम के. सी. ज्यु, कमल पोर्तेल ज्यु, श्री पासाङ श्रेपा ज्यु, श्री जीवन लुईंटेल ज्यु, श्री सरोज भुसाल ज्यु लगायत विभिन्न राजनीतिक एवम् सामाजिक संघ संस्थाका पदाधिकारी ज्युहरूको सहयोगी उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha