
रोशन अर्याल / नबिन संचार
दोहा, कतार : मोना कतार बहुउद्देश्यीय अक्षयकोषको श्रीवृद्धिका लागि मोना कतारले शुक्रबार आयोजना गरेको पाँचौं विविध सांस्कृतिक कार्यक्रम गत शुक्रबार अल लुक्तामा रहेको टिउनिसियन स्कुलमा भव्यताका साथ सम्पन्न भएको छ।
नेपालबाट आमन्त्रित अथिति कलाकार सर्जक तथा लोक दोहोरी गायक प्रकाश दूतराजले धमाका मच्चाएका थिए। सांगीतिक प्रस्तुतिका लागी उनि पहिलो पटक कतार आएका हुन्।
केक काटेर दीप प्रज्वलनसहित शुभारम्भ गरिएको कार्यक्रममा कतारमा रहेकी म्याग्देली चेली यमुना पटेलले थाली नाचमार्फत स्वागत नृत्य पेस गरिन् । कार्यक्रममा कार्यक्रमका सहयोगी संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिका अलावा कतारमा रहेका सीमित संघ संस्थालाई निमन्त्रणा गरिएको थियो । कार्यक्रमका संयोजक बाबुराम भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रम मोना कतारका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा मोनाका केन्द्रीय अध्यक्ष दधीवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कतारमा स्थापित करिब दुई दर्जन सामाजिक तथा सामुदायिक संघसंस्था सहयोगी रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सबै म्याग्देली मिलेर जिल्लाको विकासमा लाग्न आग्रह गरे ।
कार्यक्रममा दूतराजको स्टेजमा आगमन संगै दर्शकहरु उत्सहले सभा हलको बाताबरण नै संगीतमय बनेको थियो। अहिले युवा पुस्ता तथा सामाजिक संजालहरु मा एकछत्र छाएका लोक-भाका संगै फिउजन रहेका सुमधुर गीतहरु क्रमशः बैनी झ्यालैमा, जाम भो माइली,मन भुल्छ, रिमै, जुन माया सहितका दर्जन गीत करिब सवा घण्टा लगातार प्रस्तुति दिए ।उनले दर्शकले उनको प्रस्तुतिमा झुमेर मनोरञ्जन लिएका थिए। आयोजक मोना कतार प्रति कृतज्ञता प्रकट गर्दै आफ्नो सांगीतिक प्रस्तुति राख्न शुरु गरेका उनले पञ्चेबाजामा लाइभ दोहोरीसमेत गाएर उपस्थितलाई मनोरञ्जन प्रदान गरे । साथमा कतारमा रहेका कलाकारहरू रिमा भुजेल, यजु सेवा, अनु विक, शिला गुरुङ र सोनी मगर (गुरुङ)ले आकर्षक नृत्य पेस गरे । म्हेन्दोमाया गायिका माया थोकर लामा र रोशन अर्यालले आफ्नो गायनबाट मनोरञ्जन प्रदान गरेको कार्यक्रममा युवा सर्जक तथा साहित्यकार सन्दीप थपलिया “सानु”ले गजल र मुक्तक प्रस्तुत गरेका थिए।
अलग तरिका बाट संचालन गरिएको कार्यक्रममा करिब एक दर्जन वक्ताहरूले आफ्ना शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । नेपालबाट आमन्त्रित कलाकार दूतराजसहित मोना कतारका सञ्चार संयोजक हरीकृष्ण शर्मा गौतम, कार्यक्रमका प्रमुख अतिथि सहित केही व्यक्तिहरूलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संगीतिक प्रस्तुति दिने कलाकार नगदसहित सम्मानित भएका छन्, भने सहयोगी संघ संस्थासहित सहयोगीहरू समेत सम्मानित भएका छन् । कार्यक्रमलाई सहजीकारण गरेका पत्रकार तथा अक्षयकोषका सचिव तिलु शर्मा पौडेलले कुशल संचालन मार्फत अझै रौनक भरेका थिए !