बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

नेपाल तामाङ घेदुङ प्रवासले आयोजन गरेको सोनाम ल्होछार मनाउन सुप्रसिद्द गायक राजेश पायल राई कतार आउदै

नेपाल तामाङ घेदुङ प्रवासले आयोजन गरेको सोनाम ल्होछार मनाउन सुप्रसिद्द गायक राजेश पायल राई कतार आउदै

  • Naveen Sanchar

  • शनिबार, माघ २७, २०८०

  • 1.8K
    Views
नेपाल तामाङ घेदुङ प्रवासले आयोजन गरेको सोनाम ल्होछार मनाउन सुप्रसिद्द गायक राजेश पायल राई कतार आउदै

रोशन अर्याल नवीनसञ्चार दोहा, कतार

नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारले सोनाम ल्होछारका अबसरमा नेपालबाट आमन्त्रित कलाकारहरु सुप्रसिद्दा भर्सटायल गायक राजेश पायल राई, तामाङ सेलो गायिका रेश्मा बन्जन तामाङ,  म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा  र गायक उमंग लामा सहित सोनाम ल्होछार कन्सर्ट २०२४ गर्ने भएको छ। गत बिहीबार राति एक पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमका सम्बन्धमा  जानकारी दिइयो।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यक्रमको टिकट क्यु टिकट डट कममा गएर अनलाइनमार्फत  खरिद गर्न सकिने व्यवस्था मिलाइएको सम्मेलनमा जानकारी दिइयो । बिहान ११ बजे गेट खुल्ने र ठिक १२ः३० बजेबाट शुरु हुने कार्यक्रममा महिलाका लागि ५०, पुरुषका लागि ७५, भीआईपी १०० र परिवारका लागि ५०० रियालको टिकट लाग्ने कार्यसमितिका अध्यक्ष विकास स्याङ्ताङ तामाङले बताए ।
कार्यक्रम फेब्रुअरी १६ तारिकमा अल अरबी स्पोर्टस क्लबमा आयोजना हुने भएको छ । कार्यक्रममा सरिक हुन चाहनेका लागी कतारका विभिन्न स्थानबाट यातायातको व्यवस्था गरिएको कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले जानकारी दिए । यसरि अनलाईन प्रबिधिबाट ब्यबस्थित टिकटको सुबिधाबाट आम दर्शक, श्रोताहरु लाई सहज टिकट उपलब्ध हुने बताईएको छ।

हरेक बर्ष जस्तै यो बर्षको सोनाम ल्होछार पनि नेपालबाट आमन्त्रित कलाकारको साथमा सभ्य र भब्य रुपमा मनाउने आयोजकले जानकारी दिएको छ ,गत बर्ष पनि समाजले बृहत सांगीतिक कार्यक्रमको आयोजना गरि मंगोलियन हार्टका मिठो स्वरका धनि  गायक राजु लामा लाई आमन्त्रित गरेको थियो। अध्यक्ष विकास लामाले कार्यक्रमको बारेमा जानकारी गराउदै गत बर्षको ल्होछार कार्यक्रममा भएको कमजोरी  पक्षलाई मध्य नजर गरि यसपटकको कार्यक्रम अलिक बृहत, ब्यबस्थित बनाउनका लागि अनलाईन टिकट व्यवस्था, यातायातको  सुबिधा, व्यापक स्वयम् सेवकको परिचालन सहित अझै ब्यबस्थित बनाउने  बताए।

तामांग समुदायको मुख्य पर्बका रुपमा मानाईने यो पर्ब तामाङ जातिको नयाँ वर्ष” मञ्जुश्री २८६० (डुक ल्हो/मु पुख्री वर्ष) अर्थात सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने गर्दछन्। १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ, यस समुदायलाई प्रकृति पूजक मानिन्छ, प्रकृतिमा रहेका पशु पन्छी आफनै बिशेषता रहेको हुन्छ, ल्होछारका १२ वटै वर्ष को नामबाट गणना गरिएकाले प्रकृति पूजक मानिएको हो।  कतारलाई कर्मभुमि बनाएर बस्ने तामाङ समुदायहरु तथा गैर तामाङ समुदाय  सबै उपस्थित भई राष्ट्रिय पर्व मञ्जुश्री सम्वत २८६० (डुक) सोनाम ल्होछारलाई भब्य रुपमा मनाउन आयोजकले आब्हान गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha