शनिबार, साउन २, २०८३ | July 18, 2026

कविता

कविता

  • Naveen Sanchar

  • बुधबार, माघ १०, २०८०

  • 324
    Views
कविता

कवि भानु ढुंगाना 

क्यानाडा 

जाई जुई फुलेको वन कति राम्रो
खोई यहाँ मिलेको मन छैन हाम्रो ?

मखमली फुलेको हुन्छ कति राम्रो
सयपत्री गुणको लुक्यो मन हाम्रो!

किन आज यसरी हराउँदैछ मन
भाषा भेष बदलेर देखाउँदैछौँ तन।

अर्को दर्जा शरणार्थी भवितालाई पारी
निकै ठूला कुरा गर्ने भयौँ अहंकारी!

शिशिरका सपनाले वन खाए जस्तै
दिएँ मैले समाजलाई मन आज त्यस्तै
सिर्जनामा प्रतिस्पर्धा गर्नु हुन्न यहाँ
भाषा ज्ञान प्रवर्द्धनमा जुट्नु छैन जहाँ।

वन पाखा भञ्ज्याङमा सङ्गीतको सार
लालीगुराँस पहाडमा सुन्दर उपहार
भाषा ज्ञान साहित्यमा अब मन नार
बन्नु हुन्न समाजले पञ्जरो को झार।

फुल्नुपर्छ जाई जुई, मखमली सरी
हुनुपर्छ कान्तिमय सयपत्री आदि फूलभरी
चढ्नुपर्छ उन्तीको सिँडि सिर्जनामा
जुट्नुपर्छ वातावरण दिई तिर्सनामा।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha