सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

गैरआवासीय नेपाली तारा सिजन–४ को दोस्रो चरणको छनौट कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली तारा सिजन–४ को दोस्रो चरणको छनौट कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • मङ्लबार, पुस १०, २०८०

  • 122
    Views
गैरआवासीय नेपाली तारा सिजन–४ को दोस्रो चरणको छनौट कार्यक्रम सम्पन्न

-रोशन अर्याल

नवीनसञ्चार ,  कतार

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन –४’को दोस्रो चरणको छनौट सम्पन्न भएको छ ।

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, आयोजित प्रतियोगिताको दोस्रो चरणको छनौट कार्यक्रम शुक्रबार दोहामा सम्पनन भएको हो ।

प्रतियोगिताको तेस्रो चरणमा गायन विधाका १७ र नृत्य विधाका १० जना प्रतियोगी प्रवेश गरेका छन्  । डिजिटल अडिसन पछिको पहिलो मेघा अडिसन बाट गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रतियोगी दोस्रो चरणमा पुगे पनि गायन विधामा २६ जना र नृत्य विधामा १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

गायन विधाबाट अघिल्लो चरण प्रवेश गर्नेमा इसान रेग्मी, दीपक कुमार घले, सुजन गुरुङ, बुद्ध सिंह लिम्बू, भीम बहादुर कार्काी, जोन विक, असोक गुरुङ, रुष्तम तामाङ, मानसिंह परियार,  सुरज केसी, मालती लामा, बनिता राई,  गौतम सामी लिम्बू, प्रविण रामदाम, क्षितिज तामाङ, उत्तम राई र सरला तामाङ रहेका छन् ।

यस्तै नृत्य विधातर्फ निरु श्रेष्ठ, दिया सिंह,जुनुमाया कुमाल, झरना राई,  जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजार चाहार, सरोज लामा र सुनिता शेर्पा अर्को चरणमा प्रवेश गरेका छन । प्रतियोगिता सम्पन्न हुना साथ नतिजा लाई केहि समय पश्चात घोषणा गरिएको थियो भने दुवै सस्था  को आधिकारी घोषणा कार्यक्रम को दुई दिन पछि प्रकाशन गरिएको थियो।  कतार च्यारिटी को सभा हलमा आरम्भ गरिएको कार्यक्रम समय अभावका कारण अर्को स्थान मा स्थान्तरण गरिएको थियो ! आयोजक लाई दिएको समय मा प्रतियोगी हरु को प्रस्तुति नसकिएको हुनाले सोहि दिन सम्पन्न गर्नु पर्ने भएका ले अर्को स्थान मा सारिएको आयोजक बाट जानकारी प्राप्त भएको छ।
प्रतियोगिताकोे गायन विधाको निर्णयकमा मंगल विक वीरेन्द्र श्रेष्ठ र गुन्जन तामाङ   रहनुभएको छ भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर हुनुहुन्छ । अर्को चरणको प्रतियोगिता लाई जज राउण्ड घोषित गरिएको र प्रतियोगी हरु ले दिने प्रस्तुति का लागि निर्णायक बाट गित तथा निर्त्य छनौट गरि दिईने छ, सोहि आधारमा प्रतियोगीहरु ले प्रस्तुति दिनु पर्ने छ।

प्रतियोगिताको तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रअरी २०२४ मा सम्पन्न हुने छ र कार्यक्रम बाट हुने मुनाफा को ६२  प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगी गरिने उल्लेख गरिएको छ । फेब्रअरी २  हुने भनिएको ग्राण्ड फिनाले भब्यरुपमा गरिने आयोजकका तर्फ बाट मिडिया संयोजक तिलु शर्माले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha