शनिबार, चैत्र १, २०८१ | March 15, 2025

लेफ्ट राइट माथी पेन्सिलभेनियामा विमर्श सम्पन्न

लेफ्ट राइट माथी पेन्सिलभेनियामा विमर्श सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, पुस ७, २०८०

  • 679
    Views
लेफ्ट राइट माथी पेन्सिलभेनियामा विमर्श सम्पन्न

नारदप्रसाद आचार्य
डिसेम्बर २२
नेपालका पत्रकार तथा लेखक श्रीनेत्र पन्थीको  

पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति” माथी संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा बौद्धिक जमात माझ विमर्ष भएको थियो । त्रिवेणी साहित्य मञ्च र एन आर एन ए पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेले कृतिको विषयमा बोल्ने क्रममा यो कृति कृति मात्र नभएर नेपालको ईतिहासमा ठूलो ग्रहन्थ हो भन्दै आजसम्म भएका नेपालको घिनलाग्दो राजनैतिक अराजतत्वको गतिलो झटारो पनि हो भन्नु भयो भने अर्का वक्ता गोकुल श्रेष्टले पनि नेपालका राजनितिक पाटीहरूले गरेका दुरचारलाई देखाएको ऐना हो भन्दै पोल खोल्नु भएको थियो। कार्यक्रममा बोल्ने क्रममा पुस्तकका लेखक नेत्र पन्थीले चार वर्ष लामो समय खर्चेर पुस्तक तयारी पारिएको जानकारी गराउदै अराजनीतिक गतिविधिले देशमा जरो गाडेको बताएका थिए ।

 

कार्यक्राममा सामाजिक अभियान्ता, पत्रकार र साहित्यकारहरूको ठूलो उपस्थिति रहेको थियो भने साहित्य सर्जक गण्डकीपुत्रले विमर्षको ढोका उगारेका थिए । कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशब बैरागी माइलाको उपस्थिति रहेको थियो । बैरागीले आफ्ना हातमा नेपाली माटोको सुगन्ध अहिलेसम्म आइरहेको र नेपाललाई कहिल्यै माया मार्न नसकिने धारणा व्यक्त गरेका थिए ।

लेफ्ट- राइट : सत्ता र शक्तिको अराजनीति कृतिले नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको राजनीति खोतल्ने प्रयास गरेको छ । जहाँ नीति , नियम , नैतिकता , मूल्य-मान्यता , सिद्धान्त , सवाल , व्यवस्था , विधि-विधान , संविधान ,प्रावधान , पद्धति , प्रक्रिया , प्रचलन , आदर्श , मर्यादा , परम्परा , इमानदारीता , पारदर्शिता , औचित्य ,विवेक , शिष्टचार र लाज- सरम सबैको नजरअन्दाज छ । शक्ति ,सत्ता र पद प्राप्तिका लागि जायज – नाजायज सबै कसरत भएका छन् । षड्यन्त्र , धोका , अन्तर- पार्टी संघर्ष र भूराजनीतिक टकराव देखिन्छ । नेताहरुमा धेरै हदसम्म मिडियासँगको डरको पनि अन्त्य छ । पुस्तकमा कहिले दायाँ र कहिले वायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha