मङ्लबार, अशोज २०, २०८३ | October 6, 2026

नेपाल–कुवेत परराष्ट्रमन्त्रीबीच वार्ता, पश्चिम एशियाको अवस्थाबारे चिन्ता

नेपाल–कुवेत परराष्ट्रमन्त्रीबीच वार्ता, पश्चिम एशियाको अवस्थाबारे चिन्ता

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र ३, २०८२

  • 106
    Views
नेपाल–कुवेत परराष्ट्रमन्त्रीबीच वार्ता, पश्चिम एशियाको अवस्थाबारे चिन्ता

नबिन सन्चार काठमाडौं

माननीय परराष्ट्रमन्त्री श्री बाला नन्द शर्मा र कुवेत राज्यका परराष्ट्रमन्त्री महामहिम शेख जर्राह जाबेर अल-अहमद अल-सबाहबीच पश्चिम एशिया क्षेत्रमा विकसित भइरहेको अवस्थाबारे टेलिफोन वार्ता भएको छ।

माननीय परराष्ट्रमन्त्रीले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो। साथै, कुवेत सरकारले क्षेत्रीय स्थिरता कायम राख्न तथा त्यहाँ बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरू, विशेषगरी नेपाली समुदायको सुरक्षा सुनिश्चित गर्न गरिरहेको प्रयासको सराहना गर्नुभयो।

कुवेती परराष्ट्रमन्त्रीले उक्त युद्धले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघीय मानवीय कानुनको उल्लंघन गरेको उल्लेख गर्दै आफ्नो सरकारले कुवेतमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। साथै, क्षेत्रीय तनाव वार्ता र कूटनीतिक माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

दुवै पक्षले शान्ति र स्थायित्व सुनिश्चित गर्न संयमता, संवाद र कूटनीतिक पहलको महत्वमा जोड दिँदै चाँडै तनाव कम हुने आशा व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha