सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

राष्ट्रिय मानव अधिकार आयोग दशैँ बिदामा खुला रहने

राष्ट्रिय मानव अधिकार आयोग दशैँ बिदामा खुला रहने

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक २, २०८०

  • 203
    Views
राष्ट्रिय मानव अधिकार आयोग दशैँ बिदामा खुला रहने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय आगामी दशैँ बिदामा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन समेत गर्ने आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha