शनिबार, मंसिर २३, २०८० | December 9, 2023

मनोहरा साहित्य समाजको ८१अ‍ौं शृङ्खलामा ‘सौदामिनी’ मुक्तकाव्य विमोचन

मनोहरा साहित्य समाजको ८१अ‍ौं शृङ्खलामा ‘सौदामिनी’ मुक्तकाव्य विमोचन

  • Naveen Sanchar

  • आइतवार, अशोज १४, २०८०

  • 152
    Views
मनोहरा साहित्य समाजको ८१अ‍ौं शृङ्खलामा ‘सौदामिनी’ मुक्तकाव्य  विमोचन

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । मनोहरा साहित्य समाजको ८१ अ‍ौं शृङ्खला ग्लोबल पब्लिक स्कुल पुरानो सिनामंगलमा सम्पन्न भएको छ । कार्यक्रममा खोलाघरे साहिंलाको ‘सौदामिनी’ मुक्तकाव्यको सामूहिक विमोचन गरिएको थियो । विभिन्न ४३ वटा शास्त्रीय छन्दमा रचिएका जम्मा २५३ मुक्तकको उक्त सङ्ग्रहमाथि समालोचक ठाकुरप्रसाद शर्मा भण्डारीले समालोचकीय टिप्पणी गर्नुभएको थियो । संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता र सचिव भावकेशर बरालको सञ्चालनमा सम्पन्न कार्यक्रमका प्रमुख आमन्त्रित सुपरिचत नियात्राकार तथा साहित्यकार  ढकाल हुनुहुन्थ्यो । समारोहमा साहित्यकार ढकालले रचनावाचनको प्रारम्भ गर्नुभएको थियो ।

प्रमुख आमन्त्रित  ढकाल, गोविन्द घिमिरे वेदमणि, डा शैलेन्दुप्रकाश नेपाल, रामप्रसाद पन्तले कृतिकारलाई बधाईसहित सारपूर्ण मन्तव्य राख्नुभएको थियो । रचनावाचनको क्रममा डिल्लीराज अर्याल, डिल्लीप्रसाद मूलतिहुन , शम्भु गजुरेल, सुमन पुडासैनी, घनश्याम प्रसाईं, बुद्धिसागर पौडेल ,रुद्र अधिकारी , देवीप्रसाद मिश्र ,मञ्जु सिलवाल , दीनानाथ पोख्रेल, सम्पत् काफ्ले, टी एन भट्ट विश्वामित्र, सरिता तिमिल्सिना, रत्ननिधि रेग्मी , कविराज घिमिरे , केशव ज्ञवाली , आर सी रिजाल, राजेन्द्रकुमार वज्राचार्य, राजेशमान केसी खोलाघरे साहिँलो, भावकेशर बराललगायतले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जसध्वज गुरुङ, चिरञ्जीवी रेग्मी, योगेन्द्र अधिकारी, कपिल अर्याल, मोहन पन्थी, बखतबहादुर थापा, रञ्जना सुवेदी, भावाञ्जली बराल, पुष्पा खनाल अधिकारी, इन्दु अधिकारी, कृतन राजथला, गोविन्द चापागाईं, रञ्जना सुवेदी लगायतका सभ्य स्रोतागणको उपस्थिति रहेको थियोे । विमोचित ‘सौदामिनी’का स्रष्टा खोलाघरे साहिंलाले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।मुक्तककार रुद्र अधिकारीले समग्र कार्यक्रमको भिडियो छायाङ्कन गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha