आइतवार, जेष्ठ ६, २०८१ | May 19, 2024

रियादबाट बेपत्ता सुबेदी सकुशल फेला

रियादबाट बेपत्ता सुबेदी सकुशल फेला

  • Naveen Sanchar

  • मङ्लबार, अशोज २, २०८०

  • 498
    Views
रियादबाट बेपत्ता सुबेदी सकुशल फेला

साउदी अरब । साउदी अरबको रियादबाट बेपत्ता घानेन्द्र सुबेदी  एक्जिट १९ मा सकुशल भेटिनुभएको छ । बुधबार साँझ ६ बजे १९ नम्बरको रबिया हस्पिटलको छेउमा एक पाकिस्तानी रेस्टुरेन्टमा काम गर्ने  नेपालीले सुबेदीको बारेमा जानकारी दिएका थिए। झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापा र सहकोषाध्यक्ष सुजन घिमिरेले भेटेर, खाना खुवाएर उहाँको कम्पनीमा पु-याएको जानकारी दिनुभयो । लगातार आठ दिन अलकासिमबाट रियादको लेक, पार्क, खाम्सा, दुबै मार्केट् रेड्सन मज्जा लगायतका क्षेत्रमा व्यापक खोजी गरेको सहकोषाध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार सुबेदीलाई नेपाल फिर्ता पठाउने सम्बन्धमा सरसल्लाह भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha