
काठमाडौँ । साउदी अरेबियाको रियादस्थित Al Areedh कम्पनीमा कार्यरत झापा घर भएका घानेन्द्र सुवेदी गत हप्ताको बुधबारदेखि सम्पर्कविहीन भएका छन् । सुबेदी बुधबार बिहान ८ बजे आफ्नो मोबाईल र कम्पनीको मोबाईल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएको झापाली सेवा समाज साउदी अरबका सहकोषध्यक्ष सुजन घिमिरेले जानकारी दिनुभयो । बेपत्ता सुबेदीको खोजी गरिदिन उहाँको घर परिवारले कम्पनीका सहकर्मी,नेपाली राजदूतावास रियाद,गैरअवासीय नेपाली संघ, झापाली समाज साउदी अरब लगायतका संघसंस्थालाई अनुरोध गर्नुभएको छ । सुबेदी उक्त कम्पनीमा सन् २००३ अप्रिलदेखि कार्यरत थिए । सम्पर्कविहीन सुबेदीलाई कसैले फेला पार्नु भएमा झापाली समाज, साउदी अरेबियाका अध्यक्ष राजेन्द्र थापालाई सम्पर्क नम्बर 0592515240 मा फोन गरी जानकारी दिन समेत अनुरोध गरिएको छ ।