मङ्लबार, जेष्ठ ७, २०८२ | May 20, 2025

सांस्कृतिक पक्ष र संस्कृतिकर्मीबारे राज्यका प्रमुख अङ्ग र नागरिकको दृष्टिकोण प्रस्तुत

सांस्कृतिक पक्ष र संस्कृतिकर्मीबारे राज्यका प्रमुख अङ्ग र नागरिकको दृष्टिकोण प्रस्तुत

  • Naveen Sanchar

  • मङ्लबार, अशोज २, २०८०

  • 189
    Views
सांस्कृतिक पक्ष र संस्कृतिकर्मीबारे राज्यका प्रमुख अङ्ग र नागरिकको दृष्टिकोण प्रस्तुत

नवीनसञ्चार सम्वाददाता
काठमाडौं । संविधान दिवस २०८० को अवसरमा ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ विषयक सम्मिलन कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको छ ।
प्रतिष्ठानकी कुलपति निशा शर्माको सभापतित्व तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किरातीले संस्कृति जीवन बाच्ने माध्यम भएको बताउँदै संस्कृतिको संरक्षण गर्न पहिला संस्कृतिको जरासम्म पुग्नुपर्ने बताउँनु भयो । विचार संस्कृतिको उपज भएको बताउँदै मन्त्री सुदन किरातीले नेपालको छवी अन्तराष्ट्रिय मञ्चमा पु¥याउन मौलिक किसिमको गीत सङ्गीत तथा कलाको सिर्जनामा लाग्न सर्जक तथा संस्कृतिकर्मीलाई सुझाउनु भयो ।

समारोहमा राज्यका प्रमुख अङ्ग न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाका प्रमुखको धारणा श्रव्यदृश्य सामाग्री मार्फत प्रस्तुत गरिएको थियो । प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्र निर्माणमा संस्कृति र संस्कृतिकर्मीहरुको भूमिका उल्लेख्य रहेको बताउनुभयो । उक्त अवसरमा श्रव्यदृश्य सामाग्री मार्फत नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संक्षिप्त परिचय समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा कुलपति शर्माले संस्कृति जोगाउनु सबैको दायित्व भएको बताउँदै राज्यका अङ्गहरुले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तामछलीले संंस्कृति र संस्कृतिकर्मीका विषयमा राखिएको यस किसिमको कार्यक्रमले जनतामाझ संस्कृतिको परिचय समाज निर्माणमा संस्कृतिकर्मीको भूमिकाका र संस्कृतिका नाममा सामाजिक विकृतिलाई उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले कार्ल माक्सको भनाई उदृत गर्र्दै मानिस एक सांस्कृतिक प्राणी भएको बताउँदै संस्कृति श्रमद्वारा सिर्जना गरिएको दोस्रो प्रकृति हो भन्नु भयो । संस्कृति मानिसलाई बाच्नका लागि निर्देशन गर्ने निर्देशक सिद्धान्त पनि भएको बताउनु भयो ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राज्यले संस्कृति र संस्कृतिकर्मीहरुको संरक्षण र संवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।


कार्यक्रममा ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ विषयमा सामाजिक अभियन्ता युग पाठक, वरिष्ठ समालोचक निनु चापागाईं तथा वरिष्ठ साहित्यकार इश्वर चन्द्र ज्ञवालीले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा आफ्ना भनाई राख्दै वक्ताले संस्कृति भनेको गीत, सङ्गीत, धर्म मात्र नभएर मानिसको चिन्तन शैली, खानपान, जीवनशैली, आचरण, परम्परा, आस्था लगायत सबैको समिश्रण भएको बताउनु भयो । नेपालको संस्कृतिलाई समायानुकुल बनाई यसको संवद्र्धन, संरक्षण, प्रवद्र्धन र पुस्ता हस्तान्तणका लागि राज्यले राष्ट्रिय संस्कृति नीति बनाउनु पर्नेमा जोड दिइएको थियो ।


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवं नृत्य विभाग प्रमुख बखत बहादुर हमालले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ परिषद सदस्यहरु, प्राज्ञ सभा सदस्य, सांस्कृतिक संस्थानका महाप्रबन्धक, पूर्व प्राज्ञ परिषद सदस्य, पूर्व प्राज्ञ सभा सदस्य लगायत सङ्गीत, नृत्य, नाटक, साहित्य क्षेत्रका स्रष्टा सर्जकको उल्लेख्य उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha