
नवीनसञ्चार सम्वादादाता
काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा नं २ स्थित हातेमालो समाजको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाकाी नगर उपप्रमुख वसन्ती डंगोल तामाङले दीप प्रज्जवलन गरी समारोहको विधिवत् समुद्घाटन गर्नुका साथै संस्था तथा कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । संस्थाका पदाधिकारी र स्थानीय जनप्रतिनिधि सहभागी साधारणसभाले संस्थाको उद्देश्य प्राप्तिका लागि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।