शुक्रबार, मंसिर १५, २०८० | December 1, 2023

सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा प्रभातफेरी

सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा प्रभातफेरी

  • Naveen Sanchar

  • शनिबार, भदौ ३०, २०८०

  • 256
    Views
सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा प्रभातफेरी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी आयोजना गरिएको छ । कोषका कर्मचारी, सञ्चयकर्ता, व्यवस्थापन कर्मचारी संघसंगठनका प्रतिनिधि सहभागी उक्त प्रभातफेरी अन्तर्गत नगर परिक्रमा गरिएको थियो । कोषको पुल्चोकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला हुँदै पुनः पुल्चोक पुगी कोण सभामा परिणत भएको थियो । ब्याण्ड बाजा ब्यानर र प्लेकार्डसहित आयोजित प्रभातफेरीमा कोषका प्रशासक जितेन्द्र धिताल, सहप्रशासकद्वय जीवन कुमार कट्वाल र भरत वस्ती, मुख्य प्रबन्धक तथा प्रवक्ता दामोदर प्रसाद सुवेदी,मुख्य प्रबन्धक रोचन श्रेष्ठ, विजय कुमार श्रेष्ठ, ध्रुव भट्टराई, ध्रुव प्रसाद अधिकारी, ठाकुर जंग थापा, वीरेन्द्र पौडेल, सुवाष खड्का, दर्शन भट्टराई, शान्ता गौतम, सागर कुमार सिंह लगायत पदाधिकारी तथा कर्मचारीको उपस्थिति रहेको थियो । कोषको ६२ औँ वार्षिकोत्सव आइतबार राष्ट्रिय सभागृहमा सञ्चालन हुने भएको छ ।

प्रारम्भमा सैनिकहरूको अवकाशपछिको जीवनमा आर्थिक अभाव नपरोस् भनी नेपालमा वि.सं.१९९१ मा स्थापित ‘सैनिक द्रव्यकोष’ र निजामती कर्मचारीहरुको लागि वि.सं. २००१ मा खडा गरिएको ‘निजामती प्रोभिडेण्ड फण्ड’को एकीकृत एवं परिष्कृत रूप नै कर्मचारी सञ्चय कोष हो । राष्ट्रसेवक कर्मचारीको ‘सुरक्षित भविष्यको लागि सञ्चय कोष’ भन्ने मूल नारासहित ‘कर्मचारी सञ्चय कोष ऐन २०१९’ बमोजिम वि.सं.२०१९ भाद्र ३१ मा यसको स्थापना भएको हो । समयक्रमसँगै कोषको कार्यक्षेत्र, उद्देश्य तथा रणनीतिक कार्यदिशामा परिमार्जन हुँदै गएको देखिन्छ । कोष हाल तीनवटै तहका सरकारी सेवाका अतिरिक्त अन्य सङ्गठित संस्थाका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिहरुको निमित्त सञ्चय कोष र योगदानमूलक निवृत्तभरण कोषको व्यवस्था गर्ने आधिकारिक निकायको रुपमा रुपान्तरित भएको छ ।कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रहरुमार्फत सेवा प्रवाह गरिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha