आइतवार, साउन ५, २०८२ | July 20, 2025

ताबुकमा तीन सय राहदानी वितरण गर्दै श्रमिकसँग अन्तरक्रिया

ताबुकमा तीन सय राहदानी वितरण गर्दै श्रमिकसँग अन्तरक्रिया

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २९, २०८०

  • 366
    Views
ताबुकमा तीन सय राहदानी वितरण गर्दै श्रमिकसँग अन्तरक्रिया

नवीनसञ्चार सम्वाददाता
साउदी अरब ।साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको थियो। उक्त कार्य शुक्रबार दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो । सोही क्रममा सधैं झै उपस्थिति श्रमिकहरु बिच विभिन्न अन्तरक्रिया समेत गरिएको थियो ।महाबाणिज्य दूतावास जेद्दादेखि दूर दराजको क्षेत्र ताबुक तथा ताबुक आसपासमा रहेका श्रमिक दाजु भाई दिदीबहिनीले आफु रहेको नजिकै को स्थानबाट आफ्नो राहदानी नवीकरण गर्न पाउदा अत्यन्तै हर्षित भएका थिए ११ भौगोलिक रुपमा अरु क्षेत्र को तुलनामा ताबुक सानो क्षेत्र भएता पनि साउदी अरब कै सबै भन्दा ठुलो नियोम परियोजनाको कारणले हाल सेवाग्राहीको संख्या सबैभन्दा उच्च रहेको छ।

राहदानी वितरण सेवा सम्पन्न गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका प्रवक्ता देबी बहादुर कार्की, पूर्व उपाध्यक्ष तथा हाल जेध्दा कन्सुलेटका ताबुकका लागि स्थानीय प्रतिनिधि अर्जुन थापा, एनआरएनए क्षेत्रीय समन्वय समिती ताबुकका अध्यक्ष नर बहादुर खतिवडा,उपाध्यक्ष ओम थापा ,सचिव बुद्धि प्रसाद बास्तोला, प्रवक्ता शक्ति भट्ट,सह सचिव ज्ञान भक्त खड्का ,युवा संयोजक विक्रम तिम्सिना ,सद्स्य सुमन कार्की , राजेश सिर्पाली , विकास झाले व्यवस्थित बनाउन समन्वय गर्नु भएको थियो ।सन् २०१४ देखी अहिलेसम्म कै उच्च संख्यामा राहदानी नवीकरण वितरण भएको र दिनानुदिन नेपाली श्रमिकहरुको आगमन तथा बाक्लिदो संख्या भइरहेकोले आगामी दिनहरुमा अझै यो संख्या बढ्न सक्ने अनुमान आरसीसी अध्यक्ष खतिवडाले बताउनु भयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha