बिहिबार, मंसिर १४, २०८० | November 30, 2023

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विद्यार्थीलाई दियो सदाचार सम्बन्धी ज्ञान

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विद्यार्थीलाई दियो सदाचार सम्बन्धी ज्ञान

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २९, २०८०

  • 126
    Views
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विद्यार्थीलाई दियो सदाचार सम्बन्धी ज्ञान

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा रहेको शिखरापुर क्याम्पसमा स्नातक तह बिए, बीबीएस र बीएड् संकायमा अध्ययनरत विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण, जवाफदेहिता र सदाचार प्रवद्र्धनको साथै निर्वाचनमा युवाको भूमिका सम्बन्धमा अभिमुखीकरण सम्पन्न गरेको छ । उक्त कक्षा प्राध्यापक श्री रामाकृष्ण रेग्मीले लिनुभएको थियो भने सहजीकरण टीआई नेपालको तर्फबाट गरिएको थियो । करीब ६५ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सहभागीले उपभोक्ता समिति मार्फत हुने गरेको भ्रष्टाचार, सरकारी परियोजनाहरूमा सरकारी कर्मचारीलाई ३८ प्रतिशतको भ्रष्टाचार, निर्वाचान तथा पत्रकारितामा हुने भ्रष्टाचार न्यूनीकरणका लागि के गर्न सकिन्छ जस्ता विषयहरू उठाउनुभएको थियो । सहभागीले उठाउनु भएको विषयमा प्राध्यापक रामकृष्ण रेग्मीले भ्रष्टाचार न्यूनीकरणको लागि सबैभन्दा मूख्य विषय आफु सधैं सचेत हुने र त्यस्ता कार्य भए गरेको देखेमा आवाज उठाउने प्रवृतिको विकास गर्नको लागि प्रोत्साहित गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha