सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

तिम्सिनाको खण्डकाव्य ‘सिन्धुमति’ लोकार्पण

तिम्सिनाको खण्डकाव्य ‘सिन्धुमति’ लोकार्पण

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २९, २०८०

  • 122
    Views
तिम्सिनाको खण्डकाव्य ‘सिन्धुमति’ लोकार्पण

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । पाँचथरका शिक्षासेवी एवम् साहित्यकार दुःखी महल तिम्सिनाको खण्डकाव्य सिन्धुमतिको लोकार्पण समारोह फिदिममा सम्पन्न भएको छ । नौलो बिहान साहित्य प्रतिष्ठान र कोर्काली अध्ययन केन्द्रद्वारा आयोजित एक समारोहबीच प्रमुख अतिथि साहित्यकार डा. रमेश शुभेच्छुले कृति लोकार्पण गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि शुभेच्छुले तिम्सिनालाई साहित्य साधनाको सफलताका लागि शुभकामना दिनुभएको थियो । मधुराज केरुङले कृति समीक्षा गर्नुभएको कार्यक्रममा पाठकका रुपमा जीवन गौतमले प्रतिक्रिया दिनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha