
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । पाँचथर गजल मञ्चको आयोजनामा १५७ औँ मोतीजयन्तीको अवसरमा नवौँ ऐतराज केरुङ स्मृति गजल पुरस्कार वितरण तथा पुस्तक चर्चा एवं विमोचन समारोह फिदिममा सम्पन्न भएको छ । साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा झापाली गजलकार लोकेन्द्र बन्जारालाई ऐतराज केरुङ स्मृति गजल पुरस्कारबाट सम्मानित गरिएको छ ।विगत सात वर्षदेखि वितरण गरिँदै आएको पुरस्कारको राशी ८ हजार ८ सय ८८ रुपैयाँ रहेको छ । समारोहलाई सम्बोधन गर्दै साहित्यकार शुभेच्छुकले आफ्नो जन्मभूमिमा आयोजित साहित्यिक अनुष्ठानमा सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो । कार्यक्रममा शुभेच्छुकले ‘अधिकारी विमलाका गजलहरु’नामक गजलसंग्रह समेत विमोचन गर्नुभएको थियो । सो अवसरमा एनवी अञ्जानको ‘मौसम’ गजल संग्रहका सम्बन्धमा परिचर्चा समेत गरिएको थियो ।