शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २६, २०८०

  • 52
    Views
एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा  छुट

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको छुट पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट आइपीडी–डायग्नोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशत र दन्त सेवामा प्रतिशतसम्मको छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख  पुष्प राज उपे्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहक रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२, एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha