
काठमाडौँ । मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार नीलम कार्की ‘निहारिका’को विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (भाइबा) सम्पन्न भएको छ । विद्यावारिधि उपाधि हासिल गर्न सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, विद्यावारिधि अनुसन्धान निर्देशक प्रा.डा. माधव भट्टराई र विशेषज्ञद्वय प्रा.डा. दयाराम श्रेष्ठ तथा प्रा.डा. हरिहर प्रसाद भट्टराई , शोधप्रबन्धको प्रविधि तथा विषय मूल्याङ्कन गर्नुहुने विज्ञ गुरु, नगेन्द्रराज रेग्मी लगायत नेसंविका कर्मचारी वर्गमा साहित्यकार निहारिकाले आभार व्यक्त गर्नुभएको छ। डा.बार्वरा निम्री अजिज, डा.चिरञ्जीवी भट्टराई, डा.नारायण चालिसे , डा.रामजी तिमिल्सिना , डा.भाष्कर कुँवर क्षेत्री , ई.थर्क बहादुर थापा र डा. आरती कार्कीप्रति समेतउहाँले कृतज्ञता ज्ञापन गर्नुभएको छ ।