
काठमाडौँ । पूर्व प्रशासक हरिप्रसाद भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट ‘‘नेपाली लघुकथामा व्यङ्ग्य’’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । सेवा निवृत्तजीवनमा समयको सदुपयोग गर्दै उहाँले नेपाली भाषामा रचित लघुकथामा व्यंगका बारेमा अध्ययन अनुसन्धान गरेवापत विद्यावारिधि प्राप्त गर्नुभएको हो । उहाँले वाक्परीक्षाका सभाध्यक्ष तथा नेसंविका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, नेसंवि अनुसन्धान केन्द्रका सम्पूर्ण सदस्य , शोधप्रबन्धको प्रविधि मूल्याङ्कन गर्ने तथा विषय मूल्याङ्कन गर्नुहुने विज्ञ , विद्यावारिधि अनुसन्धानका निर्देशक प्रा.डा. ताराकान्त पाण्डेय र विशेषज्ञद्वय प्रा.डा. कपिलदेव लामिछाने तथा प्रा.डा. देवी नेपाल, शोधकार्यका सिलसिलामा आवश्यक सल्लाह दिने प्रा.डा. दयाराम श्रेष्ठ, नेसंविका कर्मचारी लगायत सबै सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।