
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले विक्रम कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष प्रेम रसाइली, सचिव तिलु शर्मा पौडेल, कोषाध्यक्ष रमेश पौडेल चयन हुनुभएको छ ।सदस्यमा हरिकृष्ण शर्मा, नरेन्द्र फगामी, अजय कुवर, टिका रोका मगर, बालकृष्ण खत्री र पदेन सदस्य राजु पौडेल रहनुभएको अक्षयकोषले जनाएको छ ।साधारणसभासँगै नेपालको मौलिक संस्कृति संरक्षणका लागि तीज गीत र नृत्यसहित रमाइलो तीज कार्यक्रम समेत आयोजना गरिएको थियो ।