
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल वित्तीय संस्था संघको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाबाट संघको अध्यक्षमा आईसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाति कार्यसमितिको प्रथम उपाध्यक्ष पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ र द्वितीय उपाध्यक्ष सेन्ट्रल फाइनान्सका सीईओ राजोजमान श्रेष्ठ रहनुभएको छ । महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया हुनुहुन्छ भने कोषाध्यक्षको जिम्मेवारी मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदीले प्राप्त गर्नुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ , जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा, प्रोग्रेशिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे र मल्टीपर्पोज फाइनान्सका सीईओ रजनीश कुमार सिंह रहनुभएको संघले जनाएको छ ।