
काठमाडौँ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ स्थित वेतनी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता भ्रमण सम्पन्न गरी दाङ्गबाट बर्दिया फर्किने क्रममा बाकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगंजमा बस दुर्घटनामा परी ७ जना उपभोक्ताको मृत्यु तथा ३० जनाभन्दा वढी घाइते भएका छन् । घाइतेको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ । । ४१ जना उपभोक्ता सवार रहेको ना ७ ख २३२१ नम्वरको बस रोकिराखेको अवस्थामा ना ८ ख ६४०५ नम्वरको ट्रकमा ठोकिएको महासंघका अध्यक्ष ठाकुर भण्डारीले बताउनुभयो । दुर्घटनाको खबरले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मर्माहत भएको जनाएको छ । बस दुर्घटनामा परी मृत्यु हुनेप्रति महासंघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेको शीघ्र स्वस्थ्य लाभको कामना र्दै दुर्घटनामा परेका उपभोक्ताको उपचार गर्न र आवश्यक सहयोग गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गरेको छ ।