सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

साउदी अरबमा श्रमिक समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्य आवश्यक : राजदूत सुबेदी

साउदी अरबमा श्रमिक समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्य आवश्यक : राजदूत सुबेदी

  • Naveen Sanchar

  • आइतवार, भदौ १७, २०८०

  • 382
    Views
साउदी अरबमा श्रमिक समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्य आवश्यक : राजदूत सुबेदी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुबेदीले समस्यामा परेका नेपाली श्रमिकको हित र उद्धारका लागि राजदूतावास तथा क्रियाशील संघसंगठनले सचेतनात्मक एवं सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने बताउनु भएको छ । साउदी अरबको रियादस्थित नेपाली राजदूतावास र गैर आवसीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समन्वय समितिको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजदूत सुबेदीले श्रमिक समस्या समाधानका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो ।


समारोहमा राजदूतावासले सञ्चालन गरेका कार्यक्रम तथा श्रमिकलाई उपयोगी अनलाइन लिंक, ब्लड मनी सम्बन्धी व्यवस्था, ,कम्पनीबाट जरिवाना तोकिएका श्रमिकहरूको विवरण, साउदी अरबमा रहेका आप्रवासी नेपालीहरूको तथ्यांक, गैरकानूनी हैसियतका श्रमिकको घर फिर्ता लगायतका विषयको जानकारी दिइएको थियो । साउदी अरबमा रहेका श्रमिकको समस्या समाधानमा नेपाली समुदाय र राजदूतावासको भूमिकाको बारेमा श्रम काउन्सलर देवेन्द्र कार्की र द्वितीय सचिव टिकाराम उपाध्यायले प्रस्तुतीकरण गर्नुभएको थियो ।

होटल डेमोरा, रियादमा समारोहका प्रमुख अतिथि राजदूतसुवेदी रहनुभएको थियो । कार्यक्रमको अध्यक्षतामा एनआरएनए आरसीसी रियादका अध्यक्ष महेश घिमिरेले गर्नुभएको थियो ।कार्यक्रममा एनआरएनए आरसीसी रियाद कार्यसमितिका पदाधिकारी , आईसीसी सदस्य दिपक रेग्मी , एनसिसी उपाध्यक्ष हेम सुबेदी ,नेपाली दूतावासका श्रम काउन्सलर कार्की,द्वितीय सचिव उपाध्याय,सरोज चन्द्र अधिकारी, धर्म राज तिमिल्सिना र राम पुनित यादवका साथै साउदी अरबमा क्रियाशील विभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha