शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

  • Naveen Sanchar

  • शनिबार, भदौ १६, २०८०

  • 1.6K
    Views
विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहनुभएका साहित्य चौतारी साउदी शाखाका अध्यक्ष तथा समाजसेवी भीम विश्वकर्माले रु ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना गर्नुभएको छ। विश्वकर्माले बाँकेको बैजनाथ गाउँपालिकास्थित सुन्दर आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न उक्त कोष स्थापना गरेको बताउनुभयो । परदेशमा रहेर नेपालको शैक्षिक विकासमा योगदान पु-याउन पाउँदा खुशी लागेको उहाँको भनाई छ । भविष्यमा पनि नेपाल र नेपालीको कल्याणका लागि सम्भव भएसम्मको सहयोग गर्दै जाने उहाँले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha