आइतवार, चैत्र ८, २०८२ | March 22, 2026

निबन्धकार अधिकारीको ‘संवेदनाको समायोग’माथि विमर्श

निबन्धकार अधिकारीको ‘संवेदनाको समायोग’माथि विमर्श

  • Naveen Sanchar

  • आइतवार, भदौ १०, २०८०

  • 426
    Views
निबन्धकार अधिकारीको ‘संवेदनाको समायोग’माथि विमर्श

काठमाडौं। निबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ कृतिमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो ।कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती सरस र सुधा शर्माले पाठकीय प्रतिक्रियाका रूपमा पठन अनुभूति व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन महेश क्षितिजले गरेका थिए।

यसैगरी दोस्रो सत्र विमर्श–संवादमा वक्ताका रूपमा त्रिविका उपप्राध्यापक कुमारी लामा र डा. अशोक थापाले ज्ञानु अधिकारीकृत “संवेदनाको समायोग“ निबन्धसङ्ग्रहबारे गम्भीर बहस गरेका थिए। यस सत्रको संचालन पत्रकार राजकुमार बानियाँले सहजीकरण गरेका थिए।काठमाडौंमा पाठकीय प्रतिक्रियाका साथ भएको यस बहसमा पुस्तकको रचना, शिल्प, शैली भन्दा पनि महिला र पुरुषवाद बढी चर्चा भए पनि सहजकर्ता र सबै वक्ताले ज्ञानु अधिकारीको यस निबन्धकृतिमा पाठकको मनमस्तिष्क हल्लाउने सामर्थ्य रहेको र आत्मपरक निबन्धको इतिहासमा यो कृति विशिष्ट रहेको धारणा व्यक्त गरेका थिए कार्यक्रममा निबन्धकार ज्ञानु अधिकारीले उठेका प्रश्नहरूको उत्तर दिँदै “समालोचना र निबन्ध फरक विधा हो, यी निबन्धमा म स्वतन्त्र भएर पोखिएकी छु“ भन्ने धारणा राखेकी थिइन्।वक्तालाई सम्मानोपहार प्रदान गरिएको कार्यक्रममा सभापति र प्रमुख अतिथि कुनै नराखिएको ओैपचारिक– अनौपचारिक र पृथक् किसिमको रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha