शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे? ’ सार्वजनिक

कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे? ’ सार्वजनिक

  • Naveen Sanchar

  • शनिबार, भदौ ९, २०८०

  • 138
    Views
कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे? ’ सार्वजनिक

काठमाडौँ, भाद्र ९

कवि एल.बी. क्षेत्रीको दोस्रो कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको प्रज्ञा–प्रतिष्ठनमा आयोजित एक समारोहमा सभाध्यक्ष भुवनहरि सिग्देल, प्रमुख अतिथि, नेपाल प्रज्ञा–प्रतिष्ठनका कुलपति भुपाल राई, समाजसेवी मीना लामिछाने, कवि क्षेत्री, कवि तथा आख्यानकार भुवन ढुङ्गाना, समालोचक महेश पौड्याल तथा साहित्यकार प्रतीक ढकालले उक्त कृतिको सामूहिक लोकार्पण गरेका हुन् । कृतिलाई पेज टर्नर प्रालिले सार्वजनिक गरेका हो ।

एलबी क्षेत्रीको व्यक्तित्वबारे बोल्दै समालोचक अशोक थापाले कवि क्षेत्री एक कुशल सर्जक हुनुका साथै एक कर्मठ साहित्यिक अभियन्ता पनि भएको बताए । समालोचक पौड्यालले कवि क्षेत्रीका कविताको पहिचान भनेको उनको सत्यको पक्षधरता र विषयको व्यापकता भएको टिप्पणी गरे । उनल भने, कवि क्षेत्रीका लागि कुनै पनि विषय वर्जित छैन । कवि भुवन ढुङ्गानाले एलबीका कविताले उनले बाँचेको समय बोलेको बताइन् । उनले भनिन्, यी कवितामा आवाजको विविधता छ । उनले लेखनाथ पौड्याल र रवीन्द्रनाथ टेगोरहरूले वकालत गरेको सत्यको प्रधानतालाई कवि क्षेत्रीले पनि अवलम्बन गरेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि एलबी क्षेत्रीले आफू नेपालबाहिर हुर्केको तथा विविध भाषा बोल्दै आएको मान्छे भए तापनि नेपालमा कवि तथा समालोचकहरूको सत्सङले आफूमा सिर्जनाप्रतिको प्रेम बढाएको बताए । उनले भने, ‘म कविता कोर्ने मान्छे हुँ । तथापि, मैले कोरेका कवितामा मैले देखेको सत्य र मैले महसुस गरेको दर्शन इमानदार रूपमा प्रकटित भएको छ ।’

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि, कुलपति भुपाल राईले क्षेत्रीको कविता धारतलसँग जोडिएको, र आम मान्छेको सरोकारसँग गाँसिएको भन्दै उनको प्रशंसा गरे । विगतका दशकहरूमा कविहरूले स्वैरकाल्पनिक कुरा बढी गरेको भन्दै उनले भने, आजको कविता आम जनमानसको यथार्थसँग सरोकार राख्दछ, र क्षेत्रीको कविता त्यस्तै छ । उनले आफूले नेतृत्व गरेको प्रज्ञा–प्रतिष्ठान, कवि क्षेत्रीले नेतृत्व गरेको कविडाँडा साहित्य समाजसँग सहकार्य गर्न पनि इच्छुक रहेको बताए । सभाध्यक्ष भुवनहरि सिग्देलले आफू लामो समयदेखि एलबीको व्यक्तित्व र कृतित्वबाट परिचित गरेको बताउँदै आफू उनको निर्भीकटा र प्रस्टताबाट प्रभावित रहेको बताए ।

कार्यक्रममा कविहरू प्रज्ज्वल अधिकारी, भवानी खतिवडा र भैरवी भूगोलले क्षेत्रीका एक एकवटा कविता वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन कवि तथा सामालोचक महेश क्षितिजले गरेको थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha