शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

कवि न्यौपानेका ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को लोकार्पण

कवि न्यौपानेका ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को लोकार्पण

  • Naveen Sanchar

  • शनिबार, भदौ ९, २०८०

  • 166
    Views
कवि न्यौपानेका ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को लोकार्पण

काठमाडौँ । कवि रामचन्द्र न्यौपाने ‘वनवासी’द्वारा रचित महाकाव्य ‘ज्ञानक्रान्ति’ र खण्डकाव्य ‘भक्तिसागर’को एक समारोहबीच लोकार्पण गरिएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो । महात्मा दीपकजीको प्रमुख आतिथ्यतामा सप्पन्न सो कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत विभिन्न व्यक्तिले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभयो । लोकार्पित दुवै कृतिको समीक्षा प्रा.डा.भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले गर्नुभएको थियो । कवि न्यौपानेका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गर्नुभयो । कार्यक्रममा साहित्यकार लेकाली, विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि महात्मा दीपकजीले तत्त्वज्ञान प्राप्तिका लागि कृतिहरु सहयोगी भएको धारणा राख्नुभयो भने कृतिका सम्पादक एवं भूमिका लेखक ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राख्नुभयो । कवि वनवासीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन कवि राधिका पन्तले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha