
काठमाडौं । साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवका अवसरमा १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टालाई सम्मान गरेको छ । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
महोत्सव समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डी. आर. उपाध्याय अभिनन्दित हुनुभएको छ ।
सर्जक गणेश रसिकलाई नेपाल – भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र प्रदान गरिएको थियो । “सापस स्वर्ण महोत्सव सम्मान“बाट संघका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित हुनु भएको छ । पूर्व अध्यक्ष नगेन्द्रराज शर्मालाई नगद दस हजारसहित “साहित्यिक पत्रकारिता पुरस्कार“ २०६३ पनि प्रदान गरिएको थियो । “सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान“बाट वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठी “सापस स्वर्ण महोत्सव समीक्षा सम्मान“बाट वरिष्ठ समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित हुनुभएको छ । “व्यथित काव्य सम्मान“ बाट कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) सम्मानित हुनु भएको छ । “व्यथित काव्य डायसपोरा सम्मान“ हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित हुनु भएको छ ।
संघले आफ्नो स्वर्ण महोत्सवमा अवसरमा विभिन्न साहित्यिक पत्रकारहरुलाई प्रशंसा–पत्र प्रदान गरेको छ । किशोर पहाडी, कृष्ण भूषाल, सुमन बैरागी पण्डित, श्रीराम राई, प्रेमिला गौचन, अमेरिका, विश्वराज थापा, अमेरिका, ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित हुनु भएको छ । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।
संघका अध्यक्ष राधेश्याम लेकालीले संघको पचास बर्षको योगदानबारे बोल्दै साहित्यिक पत्रकारिताको उन्न्यन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि विभिन्न दूतावासमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले विभिन्न क्षेत्रका साधकलाई अभिनन्दन र सम्मान गरेर साहित्यिक पत्रकार सङ्घले महत्त्वपूर्ण कार्य गरेको धारणा व्यक्त गर्नुभएको थियो ।