सोमवार, बैशाख २८, २०८३ | May 11, 2026

सीतापाईला जेसिजको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

सीतापाईला जेसिजको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

  • Naveen Sanchar

  • सोमवार, साउन २९, २०८०

  • 315
    Views
सीतापाईला जेसिजको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

काठमाडौँ । सीतापाईला जेसिज र एनपीएल समाज कल्याण संस्थाको संयुक्त आयोजनामा नागार्जुन–५ स्थित आदेश्वर मन्दिर परिसरमा नि: शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा विशेषज्ञ चिकित्सकबाट उच्च रक्तचाप ,मधुमेह र मोटोपना जाँच गरिनुका साथै स्वास्थ्य सम्बन्धी परामर्श दिइएको आयोजक समिति संयोजक हरिशरण कार्कीले बताउनुभयो । शिविरमा स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको थियो ।शिविरमा १४३ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको सीतापाइला जेसिजले जनाएको छ ।कार्यक्रम सञ्चालनमा समाज कल्याण संस्थाकी ममता श्रेष्ठ र मेडिकल प्राविधिक आनन्द भट्टराईले सहयोग गर्नुभएको थियो । कार्यक्रममा नागार्जुन नगरपालिका, वडा नं.५ का वडाध्यक्ष महेश रिमाल, सीतापाइला जेसिज अध्यक्ष राहुल खड्का, पूर्व अध्यक्ष प्रकाश रिमाल, विमल रिमाल, रुपेश रिमाल, कार्य समितिका पूर्व सदस्य लगायतको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha