नेपाल सरकार र संगठित संस्थाका कर्मचारी, अन्य कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिको निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष लगायत अन्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न स्थापित कर्मचारी सञ्चय कोष मूलतः सामाजिक सुरक्षा प्रदायक वित्तीय संस्था हो । योगदानकर्ताको योगदान रकमलाई सुरक्षित तथा उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्नु र सञ्चयकर्ताको हित तथा सामाजिक सुरक्षा प्रबद्र्धन गर्नु यसको प्रमुख उद्देश्य हो । कर्मचारी सञ्चय कोष ऐन २०१९ भाद्र ३१ गते जारी भएको थियो । यस अनुसार कोष एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हो ।निवृत्तिभरण कोष ऐन, २०७५ बमोजिम आर्थिक वर्ष २०७६।७७ देखि नियुक्त हुने नेपाल सरकारका कर्मचारी र अन्य सार्वजनिक क्षेत्रका कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना व्यवस्थापन गर्ने जिम्मा समेत कोषलाई दिइएको छ ।
स्थापना र अवधारणा
-वि.सं. १९९१ मा सैनिक द्रव्य कोषको स्थापना
-वि.सं. २००१ मा निजामती प्रोभिडेन्ट फन्ड (उपत्यकाभित्र कार्यरत कर्मचारीका लागि)
-वि.सं. २००५ देखि मुलुकभरका निजामति कर्मचारीहरुको कोषकट्टी सुरु
-वि.सं. २०१७ सालमा सञ्चय कोष विभागको स्थापना
-वि.सं. २०१९ सालमा ऐनद्वारा हालको कर्मचारी सञ्चय कोषको स्थापना
-परम्परागत रुपमा सञ्चय कोषको अवधारणा कर्मचारीको वचत वृद्धिका लागि आएको हो । कुनै पनि कर्मचारीलाई आफू सेवानिवृत्त भइसकेपछि वा कुनै कारणले काम गर्न असक्षम भएको अवस्थामा उपयोग गर्नका लागि आफ्नो कमाइको निश्चित भाग वचत गरेर राख्न सहयोग गर्ने उद्देश्यले सञ्चय कोषको अवधारणा आएको हो ।
– हाल यस अवधारणाको विकास नैसर्गिक मानव अधिकारका रुपमा सामाजिक सुरक्षा, श्रमिकको अधिकार र सामूहिक सौदावाजी, उच्चतम प्रतिफल प्रदान गर्न, सुरक्षित र सामूहिक लगानी, पूर्वाधार विकास तथा मुलुककै आर्थिक विकासमा योगदान गर्ने विकास अभियानका सारथीका रुपमा सञ्चय कोष रहेको छ ।
– परियोजना लगानी, लगानी विविधीकरण, जोखिम व्यवस्थापन, आकर्षक प्रतिफल, सामाजिक उत्तरदायित्व, सामाजिक सुरक्षाका नयाँनयाँ कार्यक्रममार्फत बजार प्रतिस्पर्धा आजको सञ्चय कोषको आवश्यकता हो ।
कर्मचारी सञ्चयकोषको प्रकृति र विशेषता
योगदानमा आधारित
अनिवार्य वचत
सम्झौतीत दीर्घकालीक वचतको परिचालन गर्ने
सञ्चय कोष रकममा उचित व्याजदर प्रदान गरिरहेको
कूल मुनाफाको असी प्रतिशतभन्दा बढी रकम सञ्चयकर्तालाई नै वितरण गरिरहेको
मुलुकका प्राथमिकताप्राप्त परियोजनाहरुमा लगानी गरिरहेको
सञ्चयकर्ताका सेवाकालीन आवश्यकता परिपूर्तिका लागि सापटी तथा सञ्चयकर्ता कर्जा सुविधा न्यूनतम मार्जिनमा सञ्चालन गरिरहेको
सञ्चयकर्तालाई आकर्षक परियोजनामा सेयर लगानीका लागि अवसर प्रदान गरिरहेको
सामाजिक सुरक्षाका योजनामा सहभागी गराइरहेको
योगदानमा आधारित निवृत्तिभरण कोषको व्यवस्थापन गरिरहेको
सञ्चयकर्ताको सन्तुष्ट वर्तमान र सुरक्षित भविष्यका लागि मितव्ययी र कार्यदक्ष किसिमले प्रभावकारी सेवा प्रवाहमा जोड दिइरहेको
कोषको मूल उद्देश्य र कार्य
योगदानकर्ताहरुका निमित्त सञ्चय कोषस् निवृत्तिभरण कोष लगायत सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नु कर्मचारी सञ्चय कोषको प्रमुख उद्देश्य हो । उक्त उद्देश्य पूरा गर्न कोषले देहाएका कार्य सम्पादन गर्न सक्ने व्यवस्था रहेको छ –
– योगदान रकम संकलन
– संकलित रकमको सुरक्षित र प्रतिफलयुक्त क्षेत्रमा परिचालन
– प्राप्त प्रतिफलको समानुपातिक वितरण
– निवृत्तिभरण कोषको सञ्चालन र व्यवस्थापन
– सामाजिक सुरक्षाकोष तथा अन्य सुविधाको सञ्चालन तथा व्यवस्थापन
– सेवाकालीन आवश्यकताका लागि सापटी सुविधा सञ्चालन
– सामाजिक सुरक्षाका नयाँ सम्भावनाहरुको अध्ययन र अनुसन्धान
– कारोबारको वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकारसमक्ष पेश गर्ने
कोषको दूरदृष्टि
राष्ट्रिय सामाजिक सुरक्षा प्रदायकको अग्रणी भूमिकाद्वारा कोषलाई अन्तराष्ट्रिय स्तरको सामाजिक सुरक्षण संस्थाको रुपमा स्थापित गर्ने
कोषको दीर्घकालीन लक्ष्य
प्रभावकारी श्रोत परिचालन, दिगो र आकर्षक सुविधा, गुणात्मक सेवा र सम्भावित सामाजिक सुरक्षा कार्यक्रमको दायरा संगठित क्षेत्रका सबै कर्मचारीमा विस्तार गर्दै कोषलाई नेपालको सबैभन्दा प्रतिष्ठित सामाजिक सुरक्षा संस्थाको रुपमा स्थापना गर्ने ।
आधुनिक व्यवस्थापन प्रणाली, गुणस्तरमा आधारित सञ्जालको स्थापना र विस्तार, रचनात्मक र प्रतिस्पर्धात्मक कार्य सिद्धान्त, व्यापक सहकार्य र साझेदारीको माध्यमबाट कोषलाई अन्तर्राष्ट्रिय स्तरको सामाजिक सुरक्षा संस्थाको रूपमा विकास गर्ने ।
सञ्चय कोष र सामाजिक सुरक्षा सुविधाको राम्रो व्यवस्थापन गरी योगदानकर्ताहरूलाई सामाजिक सुरक्षाको सुनिश्चितता प्रदान गर्दै कोषलाई ‛‛सन्तुष्ट सदस्यहरूको सुखी ठूलो परिवार’’ बनाउने ।
कोषबाट उपलब्ध हुने दीर्घकालीन बचतलाई पूर्वाधार विकासमा परिचालन गरी देशको आर्थिक विकासमा योगदान पु¥र्याउने ।
व्यवस्थापकीय मान्यता
कोषले आफ्नो दूरदृष्टि तथा दीर्घकालीन लक्ष्य र सो अनुरुपका रणनीति कार्यान्वयन गर्न देहायका व्यवस्थापकीय मान्यता आत्मसात् गरेको छ :
नतिजा उन्मुखता
कार्य दक्षता र प्रभावकारिता
जवाफदेहिता र पारदर्शिता
निष्पक्षता र तटस्थता
सेवाको गुणस्तरमा निरन्तर सुधार
सहकार्य र सहभागिता
कोषका प्रमुख रणनीति
१. कार्य क्षेत्र र दायरा विस्तार
२. वित्तीय क्षेत्रको दीगो व्यवस्थापन
३. सञ्चयकर्तामैत्री सेवाप्रवाह
४. संस्थागत सुदृढीकरण र क्षमता विकास
५. सूचना तथा सञ्चार प्रणालीको प्रभावकारी उपयोग
अन्तराष्ट्रिय आबद्धता
-International Social Security Association (ISSA),
-Association of Development Financing Institution in Asia and The Pacific (ADFIAP)
संस्थागत संरचना र सुशासन
१. सञ्चालक समिति – सात सदस्यीय (ऐनको दफा ४)
२. लेखापरीक्षण समिति – सञ्चालक समितिले तोकेका एक जना सञ्चालकको अध्यक्षतामा ३ सदस्यीय
३. जोखिम व्यवस्थापन समिति – सञ्चालक समितिले तोकेका एक जना सदस्यको अध्यक्षतामा लेखापरीक्षण समितिका अध्यक्ष सदस्य र जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख सदस्य
४. प्रशासक
५. लगानी प्रवद्र्धन समिति – प्रशासकको अध्यक्षतामा
६. पदपूर्ति समिति
७. सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति
८.कार्यक्रम तथा बजेट समिति
९. कर्जा तथा लगानी समिति
संस्थागत संरचना
क) कार्य सञ्चालनतर्फ (सहप्रशासक )
१) कर्जा, लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग
२) सञ्चयकर्ता सेवा विभाग
३) कोष व्यवस्थापन विभाग
४) सञ्चयकर्ता कर्जा विभाग
५) निवृत्तभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभाग
ख) संस्थागत व्यवस्थापनतर्फ (सहप्रशासक)
१) मानव संसाधन तथा आन्तरिक व्यवस्थापन विभाग
२) योजना, अनुगमन तथा जोखिम व्यवस्थापन विभाग
३) आर्थिक प्रशासन विभाग
४) सूचना प्रविधि विभाग
५) भवन तथा आवास व्यवस्थापन विभाग