
काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती ,महालेखापरीक्षकको कार्यालय विभागीय कार्यसमितिको अध्यक्षमा कृष्ण बहादुर खत्री चयन हुनुभएको छ । संगठनको अधिवेशनबाट नवगठित कार्यसमितिको उपाध्यक्ष चन्द्रशेर राई र ममता वि.क., सचिव शम्भु कुमार सिंह, सहसचिव युवक चपाईँ, कोषाध्यक्ष हरि अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा रविन ढकाल, गणेश कुमार श्रेष्ठ, सुभास भट्ट, प्रकाश बसेल, दीपक आचार्य, हेमन्त बि.क., हेमन्त बहादुर मगर, लक्ष्मणकुमार आचार्य,एलिसन बञ्जाडे, बुद्धप्रकाश खरेल, राजीवकुमार यादव, ब्रह्माप्रसाद यादव र जीवन केसी रहनुभएको संगठनले जनाएको छ ।