सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

नागार्जुन नगरपालिकाद्वारा आश्रम र सुधार केन्द्रको अनुगमन

नागार्जुन नगरपालिकाद्वारा आश्रम र सुधार केन्द्रको अनुगमन

  • Naveen Sanchar

  • बुधबार, साउन १७, २०८०

  • 155
    Views
नागार्जुन नगरपालिकाद्वारा आश्रम र सुधार केन्द्रको अनुगमन

काठमाडौँ । नागार्जुन नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित बालबालिका सेवा आश्रम , वृद्ध आश्रम तथा सुधार केन्द्रहरुको बुधबार अनुगमन गरेको छ । उप–प्रमुख सुशीला अधिकारीको संयोजकत्वमा सो अनुगमन कार्यक्रममा प्रशासकीय अधिकृत सुमन अधिकारी , शाखा प्रमुख एवं कर्मचारीको उपस्थिति रहेको थियो । नेपालको संविधान,स्थानीय सरकार ऐन ,२०७४ सम्बन्धी कानूनले दिएको स्थानीय तहको अनुगमन सम्बन्धी जिम्मेवारी दिएकोले सो अनुगमन गरिएको उपमेयर सुशीला अधिकारीले बताउनुभयो । सो अवसरमा आश्रमको व्यवस्थापन तथा आश्रित व्यक्तिको अवस्थाका सम्बन्धमा अध्ययन अवलोकन गरी आवश्यक निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले बताउनुभयो । आश्रम तथा सेवा केन्द्र मापदण्ड अनुसार सञ्चालन गर्ने तथा कुनै गैरकानूनी कार्य हुन नदिन सचेत गराउने उद्देश्यले अनुगमन आवश्यक रहेकोले यस प्रकारको अनुगमन नियमित रुपमा गर्दै आएको जनाएको छ ।

 

आश्रम तथा सेवा केन्द्र अनुगमन गर्दै नागार्जुन नगरपालिकाकी उमेयर सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी लगायतका कर्मचारी


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha