शुक्रबार, मंसिर १२, २०८३ | November 27, 2026

साउदी आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

साउदी आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

  • Naveen Sanchar

  • बिहिबार, मंसिर ११, २०८३

  • 4
    Views
साउदी आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, मङ्सिर १० गते साउदी अरब अधिराज्यमा हालै भएका आक्रमणहरूमा एक नेपाली नागरिकको दुःखद निधन भएकोमा सरकारले दुख व्यक्त गरेको छ । उक्त घटनाका कारण स्तब्ध बनाएको भएको बिहीबार उल्लेख गर्दै आक्रमणमा परी घाइते भएका अन्य तीनजना नेपाली नागरिकहरूको अवस्थाप्रति सरकारले चिन्ता व्यक्त गरेको छ ।
सरकारकातर्फबट परराष्ट्रमन्त्रालयले वक्तव्य जारी गर्दै घाइतेहरूमध्ये एक जना निको भइसकेका छन् भने बाँकी दुई जनाको उपचार भइरहेको जनाएको छ ।
साथै, शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सरकारले गरेको छ ।
साथैm कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई आपसी द्वन्द्व र युद्धको निसाना नबनाउन सरकारले अपिल गरेको छ ।
नेपाल अधिकतम संयमता अपनाउन आग्रह गर्र्दै विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपायहरू अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई सरकारले आह्वान गरेको छ । मंगलबार साउदीको रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका थिए । जसमध्ये एक जना नेपाली नगारिकको मृत्यु भएको जनाइएको छ । मृतकको बारेमा थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

यस अघि गत महिना पनि यस्तै आक्रमणमा परेर एकजना नेपाली नागरिकको मृत्यु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha