बिहिबार, मंसिर ११, २०८३ | November 26, 2026

चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक

  • Naveen Sanchar

  • बिहिबार, मंसिर ११, २०८३

  • 7
    Views
चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक

​नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, मङ्सिर १० गते । सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।

​ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका प्रमुख कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, उषा खड्गीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी कलाकारहरूले चलचित्रको छायाङ्कन तथा निर्माणका क्रममा भोगेका अनुभव सुनाउनुका साथै चलचित्रबारे जानकारी गराउनुभएको थियो ।

​सरोज पौडेलको निर्देशन तथा कथा रहेको यस चलचित्रमा सविन अधिकारी र बसन्त न्यौपानेले लेखनमा सहकार्य गर्नुभएको छ । चलचित्रको कार्यकारी निर्मातामा दिनेश खड्का र निर्मातामा निम महर्जन रहनुभएको छ ।

​चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक तथा निर्माण पक्षसँग जोडिएका जनशक्तिले नै ‘सिन्दुरे जात्रा’ निर्माण गरेका हुन् । ‘पूर्णबहादुरको सारङ्गी’ को सर्वाधिकार (राइट्स) भने यो निर्माण समूहसँग नरहे पनि सोही चलचित्रको सफलतापछि निर्देशक तथा निर्माण टिमको सहकार्यमा यो चलचित्र तयार पारिएको हो । चलचित्रमा विजय बराल र अञ्जना बराइलीको जोडीलाई पुनः दर्शकमाझ ल्याइएको छ ।

​निर्माण पक्षका अनुसार चलचित्र यही मङ्सिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha