बिहिबार, कार्तिक ६, २०८३ | October 22, 2026

ड्रोन आक्रमणका क्रममा ड्राेनकाे अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु

ड्रोन आक्रमणका क्रममा ड्राेनकाे अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक ६, २०८३

  • 12
    Views
ड्रोन आक्रमणका क्रममा ड्राेनकाे अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु

नवीनसञ्चार संवाददाता

काठमाडौं, कार्तिक ५ गते । साउदी अरेबियामा भएको ड्रोन आक्रमणका क्रममा ड्राेनकाे अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएकाे छ । हिजाे भएकाे उक्त आक्रमणको बारेमा परराष्ट्र मन्त्रालयले आज पुष्टि गर्दै आकाशकाे बिचमै राेकिएकाे ड्राेनकाे अवशेष लागेर साउदी अरेबियाकाे अराम्काे स्थित तेल प्रशाेधन क्षेत्रमा एक नेपाली नागरिककाे मृत्यु भएकाे जनाएकाे हाे । आफ्नाे नागरिककाे दुःखद निधनप्रति मन्त्रालयले गहिरो दुःख व्यक्त गरेकाे छ।

मन्त्रालयले वक्तव्य जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकाे छ । साथै अन्य घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेकने छ । आम नागरिक र महत्वपूर्ण पूर्वाधारहरूमाथि लक्षित सबै आक्रमणहरूको सरकनरका तर्फबाट मन्त्रालयले निन्दा गरेकाे छ ।

मन्त्रालयले शान्तिपूर्ण सैद्धान्तिक अडानलाई पुन: पुष्टि गर्दै नेपाल सरकारले सम्वाद, वार्ता र कूटनीतिक सम्लग्नता मार्फत विवादहरूको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेकाे छ । उक्त घटनामा फिलिपिन्सका एक नागरिककाे पनि मृत्यु हुनाकाे साथै अन्य केही घाइते भएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha