सोमवार, असार ८, २०८३ | June 22, 2026

कीर्तिपुरमा आत्महत्या रोकथामसम्बन्धी एकदिने मनोसचेतना कार्यक्रम

कीर्तिपुरमा आत्महत्या रोकथामसम्बन्धी एकदिने मनोसचेतना कार्यक्रम

  • Naveen Sanchar

  • सोमवार, असार ८, २०८३

  • 68
    Views
कीर्तिपुरमा आत्महत्या रोकथामसम्बन्धी एकदिने मनोसचेतना कार्यक्रम

८ असार, काठमाडौं । नेपाली समाजमा बढ्दो मानसिक समस्या र आत्महत्याका घटनालाई मध्यनजर गरि कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले एकदिने मनोसामाजिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
नगर क्षेत्रका सामुदायिक विद्यालय कथा कलेजमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका छात्र–छात्रा लक्षित गरि आयोजना गरिएको कार्यक्रममा ९ वटा विद्यालयका छात्र–छात्राहरुको सहभागिता रहेको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमा शाखाका जनस्वास्थ्य अधिकृत अमृतजंग बस्नेतलगायत सहजकर्ताहरुबाट विषय केन्द्रीत सहजिकरण गरिएको बताईएको छ । स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथि रहनुभएको शाखाले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha