२३ जेठ, काठमाडौं । कीर्तिपुर ९ नयॉबजारस्थित मेगस् ईंगलिस स्कूलले ०८२ सालको एसईई परीक्षा उत्तीर्ण छात्र–छात्राहरुका साथै अभिभावकहरुलाई पनि सम्मान तथा बधाई ज्ञापन गरेको छ । आज जेठ २४ गते शनिवार स्कूल प्रांगणमा आयोजित भव्य समारोहमा कीर्तिपुर नगरपालिकाका प्मुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यतामा सम्मान तथा बधाई ज्ञापन गरिएको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन नकर्मीको अध्यक्षतामा सम्पन्न समारोहमा निर्देशक मिलनमान महर्जनले स्वागत गर्नुभएको थियो । समारोहमा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, सदस्य तथा शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहनुका साथै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको बताईएको छ ।