बुधबार, बैशाख २३, २०८३ | May 6, 2026

पत्रकार महासंघ यूके: ‘वर्ष पत्रकारिता सम्मान’ समिति गठन

पत्रकार महासंघ यूके: ‘वर्ष पत्रकारिता सम्मान’ समिति गठन

  • Naveen Sanchar

  • बुधबार, बैशाख २३, २०८३

  • 3
    Views
पत्रकार महासंघ यूके: ‘वर्ष पत्रकारिता सम्मान’ समिति गठन

२३ बैशाख, काठमाडौं । वार्षिक उत्सव र तालिम घोषणा नेपाल पत्रकार महासंघ यूके शाखाले वार्षिक उत्सव, पत्रकारिता तालिम, समाजसँग अन्तरक्रिया कार्यक्रम तथा ‘वर्ष पत्रकारिता सम्मान’ पुरस्कारका लागि छनौट समिति गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार, २१ अप्रिल २०२६ मा अध्यक्ष विमला सेनेको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न कार्यसमिति बैठकले यी निर्णयहरू गरेको हो। महासचिव खेमराज रानाभाटद्वारा सञ्चालित बैठकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष प्रमिला लाबुंग राई र शिव भण्डारी, सचिव विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्यहरू नगेन्द्र नेम्वाङ्ग, गोमा राना, बम थापा सूर्यवंशी तथा सल्लाहकार एवं संस्थापक अध्यक्ष नविन पोखरेलको उपस्थिति रहेको थियो। बैठकले महासंघ यूके शाखाको १५औं स्थापना दिवस तथा वार्षिक उत्सव आगामी १० जुलाई २०२६ शुक्रबार अल्डरशटस्थित एम्पार हलमा आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विभिन्न समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। आयोजक समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत र सहसंयोजकमा उपाध्यक्ष प्रमिला लाबुंग राई रहनुभएको छ भने सदस्यहरूमा गोमा राना, नगेन्द्र नेम्वाङ्ग र विश्वासदीप तिगेला रहनुभएको छ। प्रचार–प्रसार समितिको संयोजक महासचिव खेमराज रानाभाट, सहसंयोजक उपाध्यक्ष शिव भण्डारी तथा सदस्यहरूमा विश्वासदीप तिगेला, वाचस्पति रेग्मी र मिलन तमु रहेका छन्। स्वागत तथा हल व्यवस्थापन समितिको संयोजक गोमा राना, सहसंयोजक मञ्जु भण्डारी खरेल तथा सदस्यहरूमा प्रमिला लाबुंग राई र बम थापा सूर्यवंशी रहेका छन्। आर्थिक सहयोग संकलन समितिको संयोजक कोषाध्यक्ष एस. के. गुरुङ, सहसंयोजक सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरूमा गोमा राना, नगेन्द्र नेम्वाङ्ग र बम थापा सूर्यवंशी रहेका छन्। त्यसैगरी, महासंघले आउँदो ६ जुन २०२६ मा वेल्सको कुम्ब्रानमा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि तथा अन्य व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त अवसरमा “न्युज रिपोर्टिङ नोट तयारी” सम्बन्धी तालिम समेत आयोजना गरिनेछ।

पत्रकारहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै महासंघले पत्रकार महासंघ केन्द्रसँगको समन्वयमा ३ मे २०२६ आइतबार “वर्तमान पत्रकारिताको चुनौती र सम्भावना” विषयमा भर्चुअल प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रम नेपाल समय अनुसार साँझ ५ बजे र यूके समय अनुसार दिउँसो १२:१५ बजे सञ्चालन हुनेछ। बैठकले हरेक वर्ष स्थापना दिवस तथा वार्षिक उत्सवका अवसरमा प्रदान गरिँदै आएको “वर्ष पत्रकारिता सम्मान पुरस्कार” का लागि सिफारिस समिति गठन गरेको छ। समितिमा वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, सल्लाहकारहरू नविन पोखरेल, नरेश खपाङ्गी मगर र ध्रुवराज आर्याल तथा शाखाकी अध्यक्ष विमला सेने सदस्य रहेका छन्। यसैबीच, आगामी २६ र २७ जुलाई २०२६ मा जापानको नारिता शहरमा आयोजना हुने वैदेशिक शाखाहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा यूके शाखाबाट सहभागिता जनाउने निर्णय समेत गरिएको छ। सम्मेलनमा वैदेशिक शाखा र केन्द्रबीचको सम्बन्ध सुदृढ गर्ने तथा भविष्यका नीतिगत सुधारसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने जानकारी दिइएको छ। बैठकले आगामी कार्यक्रमहरू प्रभावकारी र सफल बनाउन सबै पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha