नबिन सन्चार साउदी अरव
नेपाली संघ (NRNA) साउदी अरबको पहलमा तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरिने भएको छ।
कार्यक्रमको उद्देश्य प्रवासी नेपाली श्रमिकहरूमा बढ्दो मानसिक तनाव, एक्लोपन तथा मनोसामाजिक समस्याबारे सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परामर्श सेवा प्रदान गर्नु रहेको आयोजकले जनाएको छ। विशेष गरी साउदी अरब लगायत खाडी मुलुकमा कार्यरत नेपालीहरूलाई यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ।
उक्त कार्यक्रम आगामी १० अप्रिल २०२६ (शुक्रबार) साँझ ५ बजे (नेपाली समय) भर्चुअल माध्यम Zoom मार्फत सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी भई लाभ लिन सम्पूर्ण प्रवासी नेपालीहरूलाई NRNA साउदीले हार्दिक अनुरोध गरेको छ।
Zoom Meeting ID: 938 2570 3762
Passcode: 2026
प्रवासी नेपालीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धनमा यस कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।