सोमवार, चैत्र २, २०८२ | March 16, 2026

पोर्चुगलमा प्रथम मोना कपको तयारी

पोर्चुगलमा प्रथम मोना कपको तयारी

  • Naveen Sanchar

  • सोमवार, चैत्र २, २०८२

  • 27
    Views
पोर्चुगलमा प्रथम मोना कपको तयारी

-रिवाज आचार्य
पोर्चुगल ।
पोर्चुगलमा प्रथम मोना कपको तयारी भइरहेको छ । सो ७ ए साइड खुला फुटबल प्रतियोगिता अप्रिल ५, बिहान ९ बजे  Vitoria Clube de Lisboa मा आयोजना हुँदैछ। म्याग्दी प्रवासी नेपाली संघ(मोना), राष्ट्रिय कार्यसमिति, पोर्चुगलले सम्पूर्ण खेलप्रेमी तथा टिमलाई निमन्त्रणा गरेको छ । आफ्नो टिम दर्ता गरी समयमै सिट सुरक्षित गर्नुहुन मोना पोर्चुगलले अनुरोध गरेको छ । प्रथम मोना कपको लागि टिम दर्ता सुरु भैसकेको छ । २० मार्चसम्म टिम दर्ता गरिने छ । समयमै आफ्नो टिम दर्ता गर्न खेलकुद संयोजक सुनिल सुन्दासलेअनुरोध गर्नुभएको छ । टिम दर्ताको लागि ह्वाट्सएप नम्बर +351 920 562 039/920568475 मा म्यासेज गर्न सकिने छ ।

प्रतियोगिताको प्रथम पुरस्कार पाँच हजार युरो, टफी, मेडल र प्रमाणपत्र रहेको मोना पोर्तुगलका अध्यक्ष तिलक बहादुर पुनले बताउनुभयो ।दोश्रो हुनेलाई २ हजार ५ सय युरो पुरस्कार दिइनेछ । प्रतियोगिता सफल बनाउनका निमित्त यहाँस्थित नेपाली समुदायले आर्थिक सहयोग समेत गर्नु भएको महासचिव कृष्ण मल्लले जानकारी दिनुभयो ।पोर्चुगलका नेपालीको मनोरञ्जन, स्वास्थ्य, भाइचारा र एकता बढाउन प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha