-नवीनसञ्चार सम्वाददाता
काठमाडौं , १३ फागुन ।
नेपालको सबैभन्दा ठूलो र पुरानो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयको सूचीमा पर्न सफल भएको छ । विश्वविद्यालयको विषयगत वरियतामा समेत उल्लेखनीय सुधार आएको त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले विश्ववरीयतामा थप महत्वपूर्ण सुधार गर्न अनुसन्धानमा लगानी वृद्धि गर्ने, उद्बरण र अन्तराष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने, शिक्षण बातावरणलाई आधुनिकीकरण गर्ने, उद्योगहरुसँगको सहकार्य बढाउने र डिजिटल उपस्थितिलाई मजबुत बनाउने बताउनुभएको छ । विश्वविद्यालयको विश्वका विश्वविद्यालयको वरीयता ( World University Ranking) मा भएको सुधारका साथै विश्व वरियता थप स्तरोन्नतिको लागि त्रि.वि.ले गरेका प्रयत्नका बारेमा जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपकुलपति अर्यालले सो जानकारी दिनुभएको हो ।

Times Higher Education (THE) World University Ranking मा त्रि.वि. यस वर्ष १५०१+ समूहमा परेको छ भने
USNews.com मा ९१९औं स्थान र Center for World University Ranking (CWUR) मा १६५७औं स्थान प्राप्त गरेको छ । CWUR अनुसार त्रि.वि. विश्वका शीर्ष ७.८% विश्वविद्यालयहरूमा पर्न सफल भएको छ, जुन गत वर्षको ८.३% भन्दा सुधार भएको छ । विश्वका प्रतिष्ठित र्
याङ्किङ प्रणाली THE,
USNews.com र CWUR ले फरक–फरक मापदण्डहरू अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक पर्न गएको छ । Times Higher Education (THE) ले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई,
USNews.com ले अनुसन्धान प्रतिष्ठा, प्रकाशन, सम्मेलन र उद्धरण प्रभावलाई र CWUR ले पूर्व विद्यार्थीहरूको सफलता, प्राध्यापकहरूको विशिष्टता र अनुसन्धानलाई आधार मानेको छ । फरक मापदण्डले त्रि.वि.को बहुआयामिक क्षमताको मूल्याङ्
कन गर्ने र सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुर्
याएको त्रिभुवन विश्वविद्यालयवाट गठित विश्वका विश्वविद्यालयहरुको वरियताक्रम World University Ranking समितिका संयोजक भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा नारायण प्रसाद अधिकारीले बतानउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले त्रि.वि.को वैश्विक छवि र र्याङ्किङमा उल्लेखनीय प्रगति गर्दै विषयगत र्याङ्किङ (वरीयता) मा त्रि.वि.को प्रदर्शन उत्कृष्ट रहेको बताउनुभयो । उहाँले त्रिविमा विद्यार्थी सङ्ख्या निरन्तर बढिरहेको र उच्चशिक्षाका समग्र सुधारमा आफूहरु प्रयत्नशिल रहँदा कतिपयले विश्वविद्यालयका सन्दर्भमा गलत भाष्य समेत बनाएको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले विद्यार्थीहरुको आकर्षण बढिरहेको, त्रिवि भन्दा कमस्तर र वरियताकाf विश्वविद्यालय अध्ययन गर्न नेपालीहरु विदेशिएकाले सरकारले त्रिवि भन्दा कम वरियताका विश्वविद्यालयका लाई नो अब्जेक्सन सर्टिफिकेट (NOC) बन्द गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो ।

विशेष गरी चिकित्सा (मेडिसिन एन्ड हेल्थ) विषयमा त्रि.वि. ले विश्वमा६०१ औं स्थान कायम गरेको छ । जुन भारतका आधा दर्जन बाहेक अन्य विश्वविद्यालयभन्दा उत्कृष्ट ठहरिएको हो । यस उपलब्धि मार्फत त्रिविले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षालाई सम्भव भएको प्रमाणित समेत गरेको जनाएको छ । त्रि.वि.ले विश्वविद्यालयको मूल्याङ्कनलाई विद्यार्थी संख्याबाट मात्रै नभई गुणस्तरीय अनुसन्धान, शिक्षण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र समाजमा पुर्याएको प्रभाव र योगदानबाट निर्धारण गर्ने लक्ष्य राखेको छ । पर्याप्त लगानी, रणनीतिक योजना र अन्तर्राष्ट्रिय सहकार्यमा थप बढावा दिई आगामी वर्षहरूमा विश्वका प्रतिष्ठित विश्वविद्यालयको सूचीमा गरिमामय स्थान हासिल गर्ने लक्ष्य लिएको छ।त्रिभुवन विश्वविद्यालयको वैश्विक उपस्थिति र प्राप्त गरेको स्थानले त्रि.वि. निरन्तर सुधारात्मक दिशातर्फ अघि बढिरहेको स्पष्ट देखाउँछ, यद्यपी अनुसन्धानको गुणस्तर, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र पूर्वाधारमा थप सुधार आवश्यक महशुस भई निरन्तर परिमार्जित भई गुणस्तरमा केन्द्रित हुने प्रतिवद्बता समेत पत्रकार भेटघाट मार्फत गरेको छ ।