मङ्लबार, फाल्गुन १२, २०८२ | February 24, 2026

अमेरिकाको साल्ट लेक सिटीमा “राजु परियार साँझ” 

अमेरिकाको साल्ट लेक सिटीमा “राजु परियार साँझ” 

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १२, २०८२

  • 28
    Views
अमेरिकाको साल्ट लेक सिटीमा  “राजु परियार साँझ” 

-नवीनसञ्चार सम्वाददाता

अमेरिका ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिका,  युटा च्याप्टरले नेपाली कला, संस्कृति र समुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ “राजु परियार साँझ” कार्यक्रम आयोजना गर्ने भएको छ। यो विशेष सांगीतिक कार्यक्रम शुक्रबार, फेब्रुअरी २७, २०२६ का दिन साँझ ६:३० बजे देखि ९:०० बजेसम्म साउथ साल्ट लेक सिटीमा सम्पन्न हुनेछ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक राजु परियारको प्रत्यक्ष प्रस्तुति रहनेछ। नेपाली लोकसंगीत र दोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय परियारका गीतहरूले देश–विदेशमा रहेका नेपाली दर्शक–श्रोताको मन जित्दै आएका छन्। उहाँको दमदार स्वर र मौलिक प्रस्तुतीले युटामा नेपाली सांगीतिक माहोल तताउने अपेक्षा गरिएको छ।

यस साँझमा चन्द्र शर्मा, अमृता लुङ्गेली मगर र सुस्मिता बिस्वाको विशेष सहभागिता सहित प्रत्यक्ष दोहोरी प्रस्तुतिहरू पनि रहनेछन्। कार्यक्रम नेपाली परिवार, युवा पुस्ता तथा संगीतप्रेमी सबैका लागि आकर्षक हुने आयोजकहरूको विश्वास छ।

कार्यक्रम हुने स्थान:
१३५ वेस्ट २९५० साउथ, साउथ साल्ट लेक, युटा, अमेरिका

एनआरएनए युटा च्याप्टरका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई युटामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने, नेपाली भाषा, कला र संस्कृतिलाई जगेर्ना गर्ने तथा नयाँ पुस्तालाई आफ्नै पहिचानसँग जोड्ने महत्वपूर्ण अवसर हो।

कार्यक्रमका लागि टिकट दर यस प्रकार छन्:

  • सामान्य टिकट: $२०
  • भिआइपी टिकट: $५०

टिकटहरू अनलाइनमार्फत उपलब्ध छन्:
https://www.zeffy.com/en-US/ticketing/raju-pariyar-sajh-nrna-ncc-usa-ut-chapter

सीमित सिट संख्या भएकाले इच्छुक दर्शकलाई समयमै टिकट खरिद गर्न आयोजकले अनुरोध गरेका छन्। युटा तथा आसपासका राज्यहरूमा रहेका नेपाली र दक्षिण एसियाली समुदायबाट उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

स्थानीय प्रायोजक तथा स्वयंसेवकहरूको सहयोगमा आयोजना हुन लागेको यो कार्यक्रम युटामा यस वर्षका प्रमुख नेपाली सांगीतिक कार्यक्रमहरूमध्ये एक हुने अनुमान गरिएको छ। “राजु परियार साँझ” ले नेपाली समुदायलाई एकै थलोमा ल्याई अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha