-नवीनसञ्चार सम्वाददाता
भक्तपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि), मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयको आयोजनामा विभिन्न आंगिक क्याम्पस तथा केन्द्रीय विभागमा कार्यरत अंग्रेजी र समाजशास्त्रका शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा अंग्रेजी विषयका ३५ तथा समाजशास्त्र विषयका ३२ जना शिक्षकको उपस्थिति रहेको छ ।युवा र कमपहुँच भई कम अवसरप्राप्त गरेका उपत्यका बाहिर अध्यापन गर्ने शिक्षकलाई अधिकतम समावेश गरी एक हप्ता भक्तपुरको पर्यटकीय नगरी नगरकोटको रत्नागिरी रिसोर्टमा आयोजित उक्त आवासिय तालिमको उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले कक्षाकोठमा विद्यार्थीसँग निरन्तर साक्षात्कारमा संलग्न भई अध्यापन गर्नुहुने कर्मठ र इमानदार शिक्षकहरुनै वास्तविकरुपमा त्रिविको भविष्यका संवाहक रहेको उल्लेख गर्नुहुँदै क्षमता अभिबृद्बि तालिममार्फत शिक्षण विधि,शैक्षिक सामाग्रीको निर्माण,अनुसन्धान र प्रस्तुतिका विविध पक्षमा महत्वपूर्ण सुधार हुने अपेक्षा गर्नुभयो ।उहाँले त्रिविमा खर्च गर्ने क्षमता देखिएको समस्या गर्दै आगामी दिनमा क्षमता अभिबृद्बी लगायतका अन्य तालिमका अवसरहरु उपलब्ध गराउने योजना रहेको बताउनुभएको थियो ।

तालिमको उदघाटन कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र संकायका निमित्त डीन डा.बामदेव अधिकारीले तालिममा विषयगत विभिन्न विधाहरुमा अन्तरक्रिया हुने र अनुभव तथा प्राज्ञिक उपलब्धीहरुको साटासाट हुने,नँया पाठ्यक्रमहरुसँग शैक्षिक गतिविधिहरुलाई थप अद्यवधिक गर्ने,विश्वपरिवेशमा देखिएका परिर्वतनहरुलाई आत्मसात गर्दै गहिरो विश्लेषण हुने बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगका योजना अनुसन्धान तथा मूल्यांकन महाशाखाका निर्देशक केदार प्रसाद आचार्यले विश्वबैंकको आर्थिक सहयोगमा विश्वविद्यालयका पाठ्यक्रम तथा शैक्षिक गतिविधिलाई श्रम बजारका आवश्यकताहरु सम्वोधन गर्ने गरी निर्माण गर्न क्षमता विकास अभिबृद्बी तालिमका लागि अनुदान दिइएको बताउनुभयो । उहँले तालिम मार्फत शिक्षकहरुलाई शिक्षण विधि,अनुसन्धानका क्षेत्रमा थप सिर्जनशिल,नवप्रर्वतनात्मक र जिवनपर्यन्त सिकाईको अवधारणा विकास गर्दै लैजाने अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डिनद्बय डा.चिरन्जिवि आचार्य र डा.खोमराज खरेल तथा अंग्रेजी केन्द्रीय विभागका विभागिय प्रमुख प्रा.डा धुर्व कार्की समाजशास्त्र केन्द्रीय विभागका विभागिय प्रमुख डा.पासाङ शेर्पा एवं तालिमका बारेमा प्रस्ताव लेखनमा संलग्न विज्ञ प्रा.डा विनोद पोखरेल समेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिमका अंग्रेजी तर्फको सहजिकरणमा प्रा.डा अनिरुद्र थापा, डा. बल बहादुर थापा, लक्ष्मण भट्ट, डा.खुमप्रसाद शर्मा, डा.शिव रिजाल, डा.हेमलाल पाण्डे, सहप्रा.डा.तोयानाथ उपाध्याय, कुमार प्रसुन, रोसन तण्डुकार, प्रा.डा जिवलाल सापकोटा, प्रा.डा कृष्णचन्द्र शर्मा, डा.केशव सिग्देल, प्रा.डा आनन्द शर्मा, प्रा.डा ध्रुव कार्की, डा. राजु बराल, सहप्रा.डा अन्जु गुप्ता लगायत रहनुभएको छ भने समाजशास्त्र तर्फ प्रा.डा चैतन्य मिश्र, प्रा.सुरेन्द्र मिश्र, डा.टिका गौतम, डा. गुमानसिहं खत्री, डा.केशव सिलवाल, प्रेम बहादुर चलाउने, डा. शम्भु प्रसाद कट्टेल, प्रा.डा युवराज लुईटेल, डा. पासाङ शेर्पा, डा. सुदीप नकर्मी, डा.दिपेश घिमिरे, विरेन्द्र शाह, भरत गुरुङ, प्रा.डा पेशल खनाल,डा.नीति अर्याल,प्रा.डा प्रेमसागर चापागाईँ लगायत रहनुभएको छ ।