म जिन्दगीमा नहारेको मान्छे -अलि महम्मद मिया गोर्खा हाल: इजरायल म जिन्दगीमा नहारेको मान्छे हुँ, तुफानसँग ठोक्किँदा नडराएको मान्छे हुँ। घामले जलायो, वर्षाले भिजायो धेरै, तैपनि माटोसँग नटुटेको मान्छे हुँ। आफ्नैले ढुंगा हाने, पराइले ताली ठोके, पीडाको बीच पनि मुस्काएको मान्छे हुँ। सपना सानो भन्थे, हाँसोमा उडाउँथे, आँखा भरि आकाश बोकेको मान्छे हुँ। हारको कथा धेरैले लेख्न खोजे मेरा, इतिहास आफैं लेख्ने आँट राखेको मान्छे हुँ। रातले घाँटी च्याप्दा, आशा निभ्न खोज्दा, भोलिको उज्यालो कुर्ने मान्छे हुँ। पसलिएको भरोसा, फुटेको सम्बन्ध बीच, आफ्नै आत्मामा भरोसा राखेको मान्छे हुँ। मौनताले बोल्ने कुरा बुझ्ने सक्ने मान्छे हुँ, चिच्याएर होइन, सहेर जित्ने मान्छे हुँ। थाक्दा पनि उभिनु, रोएर पनि हाँस्नु, घाइते भएर पनि नहार्ने मान्छे हुँ। आज म जहाँ उभिएको छु, सजिलै होइन, हजार चोट खाएर बनेको मान्छे हुँ। म जिन्दगीमा नहारेको मान्छे हुँ, आफैंसँग कहिल्यै नहार्ने मान्छे हुँ। सम्बन्धित समाचार ईन्द्रेणी मिसा पुचःद्वारा नेवाः पत्रकारहरुलाई बधाई तथा सम्मान साउन २६ गते कीर्तिपुरमा नगरव्यापी पौडी प्रतियोगिता हुॅदै परदेशका १६ वर्ष : संघर्ष, अनुभव र कृतज्ञताको यात्रा रोटरी क्लवको आयोजनामा बल्खु करिडोरमा वृहत् वृक्षरोपण तथा सरसफाई टेम्पटेसन व्याण्डको लोभलाग्दो सिर्जना ‘आकासको तारा’ म्यूजिक भिडियो सार्वजनिक एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव जेद्दामा भव्य रूपमा सम्पन्न