शुक्रबार, माघ १०, २०८२ | January 23, 2026

एनएमबि बैंकले ल्यायो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

एनएमबि बैंकले ल्यायो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

  • Naveen Sanchar

  • बिहिबार, माघ ९, २०८२

  • 31
    Views
एनएमबि बैंकले ल्यायो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

नवीनसञ्चार सम्वाददाता
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ुप्लाटिनम डेबिट डिलाइटु र ुप्लाटिनम डेबिटु कार्ड सार्वजनिक गरेको हो। यी कार्डले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ।
नयाँ प्लाटिनम कार्डधारकले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् । विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकका लागि ुप्लाटिनम डेबिट डिलाइट कार्ड उपयोगी हुनेछ। कार्डमार्फत ग्राहकले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् । भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइनेछ।डिजिटल बैंकिङ्गमा सधैं अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधा ल्याएको जनाएको छ। यी नयाँ विशेषताले ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको छ।
कार्डबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकले आफ्नो नजिकैको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha