शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

रियादमा पारिवारिक समाज नेपालको आठौँ वार्षिकोत्सव तथा हरितालिका तिज विशेष कार्यक्रम हुँदै

रियादमा पारिवारिक समाज नेपालको आठौँ वार्षिकोत्सव तथा हरितालिका तिज विशेष कार्यक्रम हुँदै

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • बिहिबार, साउन २३, २०८२

  • 401
    Views
रियादमा पारिवारिक समाज नेपालको आठौँ वार्षिकोत्सव तथा हरितालिका तिज विशेष कार्यक्रम हुँदै

रियाध, साउदी अरब — साउदी अरबमा क्रियाशील पारिवारिक समाज नेपाल ले आफ्नो आठौँ वार्षिकोत्सव तथा नेपाली नारीहरूको महान पर्व हरितालिका तिज को पावन अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम यही २२ अगष्ट २०२५, शुक्रबार को दिन, यास्मिन रेस्टुरेन्ट, बाथा, रियाध मा भव्य रूपमा आयोजना गरिनेछ।

नेपाली नारीहरूको पहिचान झल्काउने पर्व

कार्यक्रमको मूल उद्देश्य साउदी अरबमा बसोबास गरिरहेका नेपाली दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला गराई, तिज पर्वको महत्त्व उजागर गर्दै सांस्कृतिक प्रस्तुति, तिज गीत, नृत्य र दर खाने परम्परालाई प्रवर्धन गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रम विवरण:

📅 मिति: २२ अगष्ट २०२५ (शुक्रबार)

🕧 समय: दिनको १२:३० बजे

📍 स्थान: यास्मिन रेस्टुरेन्ट, बाथा, रियाध

महिलाको उपस्थिति अपेक्षित

कार्यक्रममा रियाध तथा आसपासका क्षेत्रहरूमा रहनु हुने सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूलाई विशेष आमन्त्रण गरिएको छ। आयोजकले उपस्थितिको लागि सामूहिक निमन्त्रणा जारी गर्दै, नेपाली संस्कृति जगेर्ना गर्न सबैको सहभागिता आवश्यक रहेको जनाएका छन्।

थप जानकारीका लागि सम्पर्क:

• कमल महतो – 0503898601

• अमर सापकोटा – 0581017210

• टोकानाथ न्यौपाने – 0533489502

• निरज सिंह – 0548440561

• अमृत पौडेल – 0560564003

• महेश घिमिरे – 0540324027

• नविन मुडभरी – 0570430175

• जितेन्द्र थपलिया 0561871780

“तिजको लहर आयो बरी लै” भन्ने भावनाका साथ आयोजना हुने यो कार्यक्रम, नेपाली नारीको संस्कृति, पहिचान र एकताको प्रतीक बन्ने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha