बुधबार, अशोज १४, २०८३ | September 30, 2026

स्पुन कर्नर रेस्टुरेन्टको बथा, साउदी अरेबियामा भव्य उद्घाटन सम्पन्न

स्पुन कर्नर रेस्टुरेन्टको बथा, साउदी अरेबियामा भव्य उद्घाटन सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, साउन १०, २०८२

  • 769
    Views
स्पुन कर्नर रेस्टुरेन्टको बथा, साउदी अरेबियामा भव्य उद्घाटन सम्पन्न

बथा, रियाद | नबिन सन्चार

साउदी अरेबियाको राजधानी रियादस्थित बथामा स्पुन कर्नर रेस्टुरेन्टको भव्य उद्घाटन समारोह  भव्यताका साथ सम्पन्न भएको छ।

उक्त रेस्टुरेन्टको रिबन काटेर औपचारिक उद्घाटन साउदी अरव का लागी  नेपाली राजदूत डा. नरेश विक्रम ढकालले गर्नुभयो। उहाँसँगै नेपाली दूतावास परिवारको सक्रिय उपस्थितिले कार्यक्रममा विशेष गरिमा थपेको थियो।

समारोहमा विभिन्न व्यवसायी, समाजसेवी, पत्रकार, संघ-संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै राजदूत डा. ढकालले विदेशमा नेपाली स्वाद र आत्मीयता फैलाउने यस्ता प्रयासहरू प्रसंसनीय रहेको उल्लेख गर्नुभयो।

स्पुन कर्नर रेस्टुरेन्टका सञ्चालकले नेपाली समुदायलाई लक्षित गरी शुद्ध, स्वादिलो र स्वदेशमै भएको अनुभूति दिने सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण अतिथिहरूलाई धन्यवाद दिँदै, रेस्टुरेन्ट टिमले आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा दिन निरन्तर प्रयास गरिरहने बताएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha